भरतपुर । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको भर्खरै सम्पन्न ४२ औ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष हरिप्रसाद न्यौपानेसहित नवनिर्वाचित सदस्यहरुलाई शाखाका कर्मचारीले स्वागत तथा सम्मान गरेका छन् ।
वरिष्ठ जिल्ला शाखा अधिकृत जगन्नाथ न्यौपानेको सभापतित्व एवम् जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ शिवराम गेलाल तथा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत प्रकाशचन्द्र पौडेलको आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमलगत्तै बसेको कार्यसमितिको बैठकले पदभार विभाजन गरेको छ । समितिले उपसभापतिमा रत्नप्रसाद सापकोटा, मन्त्रीमा ज्ञानशाली न्यौपाने, उपमन्त्रीमा विदुर केसी तथा कोषाध्यक्षमा अनिता मैनालीलाई पदभार ग्रहण गराएको थियो ।
Discussion about this post