सौराहा । पूर्वी चितवनको सौराहामा महिलाहरुका लागि १५ दिने सीप विकास तालिम बुधवारवाट सुरु भएको छ । प्रक्टिकल एक्सनको सहयोगमा जिरो वेयष्ट सेन्टर नामक संस्थाले खेरजाने प्लाष्टीक वाट प्रयोगमा आउने सामाग्री बनाउन तालिकको आयोजना गरेको हो ।
सविता जोशी र विमला श्रेष्ठले सहजीकरण गर्ने सो तालिममा स्थानीय ३० जना महिलाको सहभागीता रहेको छ । तालिममा खेरजाने प्लाष्टीक वाट व्याग, झोला, पेन होल्डर, पैसा राख्ने थैलीलगायतका सामग्रीहरु बनाउन सिकाइने वरिष्ठ कार्यक्रम अधिकृत निर्मल सिग्देलले जानकारी दिनुभयो । बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेको प्रमुख आतिथ्य एवम् आयोजक संस्थाका अध्यक्ष गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम भएको थियो ।
Discussion about this post