भरतपुर÷नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) र फोनिज चितवनको संयोजनमा बुधबारदेखि चितवनको नारायणगढमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरू भएको छ । तालिमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष जोशीले भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका आदिवासी जनजाति युवाहरुले पत्रकारिताको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । उहा“ले पत्रकारिता पेसा निकै संवेदनशील भएकाले निकै ध्यानपूर्वक रुपमा प्रशिक्षण लिन आग्रह गर्नुभयो । अध्यक्ष जोशीले आदिवासी जनजातीको अधिकारको सवालमा पनि कलम चलाउन पनि आग्रह गर्नुभयो । आदिवासी जनजाती पत्रकारहरुलाई लक्षित गरि मध्यमाञ्चल क्षेत्रका सात जिल्लाका २१ जनाको तालिममा सहभागिता रहेको छ ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा फोनिजका केन्द्रीय सल्लाहकार गणेश राई, प्रशिक्षकहरुमा फोनिज केन्द्रीय सचिव रजनी तामाङ, फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी र केन्द्रीय पार्सद अमर प्रधान रहनुभएको छ ।
Discussion about this post