ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हाम्रा मान्छे कहाँ गए ?

by चितवन पोष्ट
२०७० चैत्र १९, बुधबार ०३:१३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । छोरी अन्माएको पाँच दिनमा घर छाडेर हिँडेका कमल गिरी २० दिन हुँदा पनि घर फर्किएका छैनन् ।
भरतपुर–२ का ४१ वर्षीय कमल कहाँ गएका हुन् परिवारका कसैलाई पनि पत्तो छैन । ‘सवैतिर खोजियो तर भेटिएको छैन’, गहभरि आँशु बनाउँदै कमलकी श्रीमती लक्ष्मी गिरीले भनिन्, ‘खोज्नुपर्ने आफन्तका घरमा, चितवन, नवलपरासी र तनहूँका विभिन्न ठाउँमा खोजी गरियो कहाँ छन् पत्तो छैन ।’
कमल फागुन ३० गते राति घरबाटै हराएका हुन् । श्रीमती लक्ष्मीका अनुसार  राति तीन बजे पिसाव गर्न भनेर घरबाट निस्किएका कमल घरभित्रै पसेनन् । फागुन २५ गतेमात्रै कमलकी कान्छी छोरी कन्चनको विवाह भएको थियो ।  कमलले आफू हराउनु अघिल्लो दिन फागुन २९ गतेमात्रै दुलहन फर्काउन आएकी छोरीलाई विदाइ गरेका थिए ।
कमलका एक छोरा, दुई छोरी र वृद्ध आमा पनि छन् । ‘सिङ्गो परिवारको जिम्मा लिनुपर्ने मानिस हराउँदा निकै पीडा भएको छ’, लक्ष्मीले भनिन्, ‘परीक्षा दिइरहेको छोरा पनि दिनरात नभनी अहिले बाबुको खोजीमा जुटेको छ । छरछिमेक सवैले आफ्नो बलबुताले भेटेसम्म खोजी गर्न सघाइ रहेका छन्, तर पत्तो लाग्न सकेन ।’
‘कतैबाट बोरामात्रै टिपेर आए पनि हुन्थ्यो भन्ने लाग्छ । जहाँ जुन अवस्थामा भएपनि कसैले खबर गरे आफैँ गएर ल्याउने थिएँ’, लक्ष्मीले भनिन् ।
पछिल्लो समय कमल जसरी नै घरबाट हराउनेको संख्या बढी नै हुन थालेको छ । प्रहरीको तथ्याङ्कमा पनि चितवनमा गत साउनयता मात्रै १७३ महिला बालबालिका र ५० पुरूष गरी २४२ जना मानिस हराएका छन् । हराएका मानिसका आफन्त चिन्ता गर्छन्, ‘हाम्रा मान्छे कहाँ गएका होलान् ?’
हराएका मानिस खोजी गर्ने जिम्मेवारी पाएको प्रहरी पनि हराएको मानिस कहाँ जान्छ यसै भन्न सक्ने अवस्थामा छैन ।
‘घरबाट हराएको भने पनि उमेर पुगेका युवा युवती विवाह गरेर हिँडेका हुन्छन्’, जिल्ला प्रहरी कार्यालय चितवनका मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर बस्नेत भन्छन्, ‘हराएका कति मानिसको हराएलगत्तै  शव पनि भेटिएका उदाहरणहरु पनि प्रशस्त छन् ।’
साउनयता मात्रै घरबाट हराएका चार जनाको केही दिनपछि शव भेटिएको छ । भरतपुर–२ आँपटारीकै ५० वर्षीया अर्जुन भनिने क्षेत्रनाथ सुवेदीको हराएको ६ दिनका दिन चैत १२ गते नारायणी नदी किनारमा शव भेटियो । माघ ३ गते घरबाट हराएका भरतपुर–६ का खगेन्द्रदास सापकोटाको पनि नारायणी नदीमै शव भेटियो । रत्ननगरका हरिप्रसाद नेपाल पनि चैत ६ गते हरायो भनिए तर पछि शव भेटियो ।
कतिपय युवतीहरु घरबाट हराएको उजुरी परेपनि उनीहरु बेचबिखनमा समेत पर्ने गरेको पाइएको छ । प्युठान घर भई दाङमा बसोबास गर्ने एक किशोरी  चितवन घुम्न आएका बेला बेचबिखनमा परिन् । यस्तै भरतपुरकै एक किशोरी पनि बेचिएको प्रमाण फेला परेको छ । यी दुवै किशोरी बिक्री गर्नेलाई चितवन प्रहरीले अहिले पक्रेर कारबाही गरिरहेको छ ।
जान्नेहरु भन्छन्, ‘कतिपय मानिसहरु परिवारमा हुने झगडा तथा तनावका कारण पनि घर छाडिरहेका छन् ।’
‘पारिवारिक तनावमा परेकाहरु बढी घरभन्दा टाडा कसैले पत्तो नपाओस् भनेर लुकेर बसेका पनि भेटिन्छन्’, एक प्रहरी अधिकृतले भने, ‘कतिपय विरक्तिएकाहरुले ज्यान पनि फालेका छन् ।’
चितवनमा हराएकामध्ये धेरै कममात्रै भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कलाई नै हेर्ने हो भने पनि विगत नौ महिनामा हराएका २४२ जनामध्ये ८९ जनामात्रै भेटिएका छन् । चितवनमा आर्थिक वर्ष ०६९ । ७० मा ३१३ र ०६८।६९ मा २११ जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्क छ ।

Related Posts

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख
प्रमुख समाचार

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

भरतपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले चितवन जिल्ला लागूऔषधले बढी आक्रान्त बनेको बताएका छन् ।...

Read more
जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In