रत्ननगर । विदेशी दातृनिकायले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि ५ कोठे छात्रावास भवन निर्माण गरिदिने घोषणा गरेको छ ।
नेपाल परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालको पहलमा विदेशी दातृनिकायले १० लाखको लगानीमा ५ कोठे भवन निर्माण गरिदिने घोषणा गरेको हो । झण्डै तीन महिनाअघि संरक्षण केन्द्रको अवलोकन गरेर बालबालिकाको अवस्था बुझेर गएका नेपाल परिवार दलका अध्यक्ष ढकालले सहयोगको लागि पहल गर्नुभएको हो ।
परिवार दलका केन्द्रीय सदस्य तथा युनिभर्सल पिस फेडेरेशनका क्षेत्रीय संयोजक रामप्रसाद ज्ञावली,परिवार दलका चितवन जिल्ला सचिव धर्म ढकाल सहित विदेशी दातृ निकायको टोलीले मंगलबार संरक्षण केन्द्रमै पुगेर भवन निर्माण गरिदिने घोषणा गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । विदेशी दातृ निकायले ५ कोठे भवन निर्माण गरिदिने घोषणा गरेको भएपनि केन्द्रले थालनी गरेको २ कोठे भवन पुरा गर्न भने आर्थिक अभाव रहेको उहाँले जानकारी दिनुभयो ।
Discussion about this post