ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खडेबाबा उभ्याएपछि भर्ना कटौती !

by चितवन पोष्ट
२०७० चैत्र १८, मंगलवार ००:५० गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । पुरानो मेडिकल कलेजको विद्यार्थी भर्ना कोटा कटौती गरिएको छ । भाडाका प्राध्यापक (खडेबाबा) उभ्याएर चिकित्सा शास्त्रमा स्नातकोत्तर र डाक्टर अफ मेडिसिनमा विद्यार्थी पढाउँदै आएको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल) को विद्यार्थी भर्ना कोटामा कटौती भएको हो ।
काठमाडाँै विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले कलेजको अनुगमन गरेको थियो । कलेजले अनुगमनका समयमा सौराहा र जिल्लाका अन्य ठूला होटलमा ती भाडाका प्राध्यापकलाई राख्ने गरेको पाइएको छ ।
यसअघि पनि कलेजको अनुगमन हुने गरे पनि त्यो देखावटीमात्र रहेको थियो । कलेजको आर्थिक प्रलोभनमा परेर अनुगमन कार्यान्वयन प्रभावित हुँदै आएको थियो ।
काठमाडाँै विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा भारतबाट भाडामा प्राध्यापकहरु ल्याएर देखाउने गरेको भन्दै कलेजविरूद्ध यसअघि उजुरी परेको थियो । चिकित्सा शास्त्रमा स्नातकोत्तर र डाक्टर अफ मेडिसिन पढाउनका लागि एक विद्यार्थीका लागि एकजना प्राध्यापक वा सहायक प्राध्यापक पूर्णकालीन हुनुपर्ने प्रावधान छ । तर विद्यार्थीको अनुपातमा प्राध्यापक नदेखिएपछि कलेजको विद्यार्थी कोटा घटाइएको हो ।
कलेजमा अध्यापन गराइरहेका प्राध्यापकहरुले नै कुनै पनि विभागमा आवश्यक मात्रामा प्राध्यापक नरहेको जानकारी दिएका छन् । मास्टर अफ मेडिसिनमा विशेष विशेषज्ञता (सुपर स्पेसलाइजेसन) हासिल गरेका प्राध्यापक र सहप्राध्यापक आवश्यक हुन्छ । ती प्राध्यापकका लागि धेरै तलब दिनुपर्ने भएकाले कलेजले अनुगमनकर्तालाई आर्थिक प्रलोभनमा पारी पटकपटक छुटकारा पाएको थियो ।
पछिल्लो समय काठमाडाँै विश्वविद्यालयले गरेको अनुगमनका क्रममा सो मेडिकल कलेजले भाडाका प्राध्यापक उभ्याएको पाइएपछि विश्वविद्यालयले यसअघि दुवै तहमा दिएको कोटामा कटौती गरेको बताएको छ । कलेज अफ मेडिकल साइन्सेसले गतवर्ष १९ विषयमा चिकित्सा शास्त्रमा स्नातकोत्तर तह पढाउने अनुमति पाएको थियो । जसमा ४४ जना विद्यार्थी भर्ना भएका थिए ।
मेडिकल कलेजहरुको विश्वविद्यालयले अनुगमन गरेपछि नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्दछ । काठमाडाँै विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसका मेनेजर दीपक दाहालका अनुसार काउन्सिलले सामान्यतया, विश्वविद्यालयले पठाएको कोटालाई बढाउँदैन । विश्वविद्यालयले काउन्सिलमा अनुगमनका लागि पठाएकाले घटाएको कोटा गोप्य राखिएको छ ।
चिकित्साशास्त्रमा स्नातकोत्तरका लागि २२ लाख ५० हजार रूपैयाँ र डाक्टरअफ मेडिसिनका लागि २५ लाख रूपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क तोकिए पनि यस मेडिकल कलेजले एमबीबीएस भर्नामा ५५ लाख रूपैयाँसम्म लिएको पाइएको छ ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In