ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नयाँ एम्बुलेन्स थप्न रेडक्रसको जोड

by चितवन पोष्ट
२०७० चैत्र १८, मंगलवार ००:३४ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

  –बसन्त पराजुली
भरतपुर । जिल्लामा नै बढी भएको भन्दै नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया रोकिएपछि चितवनमा थप नयाँ एम्बुलेन्सको आवश्यकता औँल्याइएको छ  । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले थप एम्बुलेन्सको आवश्यकता औँल्याउदै आफ्ना सबै उपशाखाहरुलाई एम्बुलेन्स खरिद गर्न अभिप्रेरित गराउने कार्यक्रम अघि सारेको छ । एम्बुलेन्स खरिदलाई सोसाइटीले आफ्नो कार्यक्रमको प्राथमिकतामा समेत राखेको छ ।
‘चितवनको बढ्दो जनसख्यालाई मध्येनजर गरेर नै थप एम्बुलेन्सको आवश्यकता औँल्याइएको हो’, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सदस्य एवम् एम्बुलेन्स सञ्चालन समितिका संयोजक विदुर केसीले भने, ‘नयाँ एम्बुलेन्स खरिद गर्ने प्रक्रिया रोकिनु हुँदैन ।’ प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा हुने जिल्ला एम्बुलेन्स सञ्चालन समितिले चितवनमा नयाँ एम्बुलेन्स खरिदका लागि सिफारिस रोकेको छ ।
‘भएको एम्बुलेन्स गलत काममा प्रयोग भएका पाइएका छन् । उनीहरुको गलत काम रोकेर बिरामी बोक्नेमात्रै बनाउनु अहिलेको दायित्व हो’, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने, ‘अहिले चितवनमा नयाँ एम्बुलेन्सभन्दा पनि भइरहेकालाई व्यवस्थित गराएर चलाउनुपर्ने आवश्यकता देखेर नै नयाँ दर्ताका लागि सिफारिस रोकेका हौँ ।’
सरकारले नै एम्बुलेन्स सञ्चालन निर्देशिका बनाउने तयारी गरिरहेकाले निर्देशिका आएपछि मात्रै सोही निर्देशिकाअनुसार नयाँ दर्ताका लागि सिफारिस गर्ने–नगर्ने भन्ने बारेमा निर्णय हुने पनि उनले जानकारी दिए । केसीले भने गलत गर्ने एम्बुलेन्सलाई अनुगमन गरेर कारबाही गर्ने कार्यको थालनी गर्नुपर्ने भए पनि त्यसो नगरी नयाँ एम्बुलेन्स खरिदका लागि सिफारिस प्रक्रिया नै रोकिनु गलत भएको बताउँछन् ।
हालै सम्पन्न रेडक्रसको जिल्ला शाखा अधिवेशनले पनि सबै उपशाखाहरुलाई एम्बुलेन्स खरिद गर्नका लागि अभिप्रेरित गर्ने निर्णय गरेको छ । चितवनमा अहिले सयका हाराहारीमा एम्बुलेन्स सञ्चालनमा छन् । छिमेकी जिल्लाहरुमा दर्ता गरी चितवनमा सञ्चालन भएका एम्बुलेन्सको संख्या पनि उत्तिकै हाराहारीमा छन् ।
यसरी सञ्चालनमा आएका एम्बुलेन्सहरुमध्ये २२ वटा नेपाल रेडक्रस सोसाइटीसँग आवद्ध रहेका छन् । जिल्ला शाखाका ३ वटा र उपशाखाका १८ वटा एम्बुलेन्स जिल्लामा सञ्चालनमा रहेका छन् । चितवनमा अहिले रेडक्रस सोसाइटीका ३३ उपशाखा र ३ सहयोग समिति स्थापना भएका छन् ।
‘जिल्लामा रहेका सबै उपशाखा र सहयोग समितिले पनि एम्बुलेन्स सञ्चालन गरोस् भन्ने हाम्रो उद्देश्य हो’, केसीले भने, ‘ग्रामीण क्षेत्रमा रहेका रेडक्रसका उपशाखाहरुमध्ये धेरैले एम्बुलेन्स सेवा सञ्चालन गरेका छैनन् । ग्रामीण क्षेत्रका बिरामीलाई तत्काल अस्पतालमा ल्याउनका लागि पनि उनीहरुले समेत एम्बुलेन्स सेवा सञ्चालन गर्नु जरुरी छ ।’
जिल्ला एम्बुलेन्स सञ्चालन समितिका सदस्य सचिवसमेत रहेका जनस्वास्थ्य प्रशासक केयरसिह गोदार पनि जिल्लामा एम्बुलेन्सको संख्या बढी नै भएको तर्क गर्छन् । ‘भएकालाई व्यवस्थित गरौँ, आचारसंहिता पूर्णरूपमा पालना गर्ने वातावरण बनाऔँ, अनिमात्रै नयाँ एम्बुलेन्स खरिदका लागि सिफारिस गर्न सकिन्छ’, गोदारले भने ।
एम्बुलेन्स खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने हुन्छ । त्यसका लागि जिल्ला एम्बुलेन्स सञ्चालन समितिले अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था छ । एम्बुलेन्स खरिदका लागि भन्सार छुटका लागि पनि सिफारिस आवश्यक छ । पछिल्लो समय एम्बुलेन्सको खरिदका लागि सिफारिस रोकिएपछि समितिमा सिफारिस माग गर्नेको संख्या बढी छ ।

Related Posts

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

थुनुवाले गरे आत्महत्या

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In