ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनबाट पर्यटन प्रवद्र्धनको अभियान

by चितवन पोष्ट
२०७० चैत्र १७, सोमबार ०२:२४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । आन्तरिक पर्यटक खोज्दै देश दौडाहामा निस्किएका पोखराका होटल व्यवसायीहरूले चितवनबाट पर्यटन प्रवद्र्धनको अभियान सुरू गरेका छन् ।
देश दौडाहामा निस्किएको पोखराको पृथ्वी होटल व्यवसायी सङ्घका पदाधिकारीहरूले आइतबार चितवनका होटल व्यवसायीसँग छलफलसमेत गरेका छन् । उनीहरूले पोखराको पर्यटकीय स्थलको जानकारी दिँदै चितवनका महत्वपूर्ण पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसमेत गरेका छन् ।
पूर्वीनेपालको भ्रमणमा निस्किएको १४ सदस्यीय टोलीले आइतबार चितवनमा व्यवसायीसँग आन्तरिक पर्यटन प्रवद्र्धनको बारेमा छलफल गरेको चितवनका होटल व्यवसायी दिनेशकुमार चुकेले बताउनुभयो । पोखरा नेपालकै दोस्रो पर्यटकीय गन्तव्यस्थल हो भने चितवन तेस्रो गन्तव्य हो ।
अहिलेसम्म यहाँका व्यवसायी बाह्य पर्यटन प्रवद्र्धनमा लागेका थिए । यसपटक भने आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देश दौडाहामा निस्किएको पोखराको पृथ्वी होटल व्यवसायी सङ्घका अध्यक्ष रिजन शेरचनले बताउनुभयो । चितवनसँगै हेटौँडामा समेत छलफल गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
पूर्वीनेपालको पाँचदिने भ्रमणमा बारा, पर्सा, विराटनगर हुँदै काँकडभिट्टा तथा पशुपतिनगरसम्म पुगेर आन्तरिक पर्यटक प्रवद्र्धनका विषयमा छलफल गर्ने शेरचनले बताउनुभयो ।
चितवनमा भएको छलफलमा होटल व्यवसायी समिति चितवनका अध्यक्ष इमान्दु बरालले दुई क्षेत्रको पर्यटन प्रवद्र्धनमा यस्ताखाले भ्रमण फलदायी हुने बताउनुभयो ।
हाल ५० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्र आन्तरिक पर्यटकले ढाकेका छन् । बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक आम्दानीको स्रोतसमेत भएकाले अब भित्रैका पर्यटकलाई लोभ्याउने कार्यक्रम आवश्यक भएको व्यवसायीहरूले बताएका छन् । यसअघि पोखराका पर्यटन व्यवसायीहरूले भारतलगायत विभिन्न क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएका थिए ।
पोखरा विशेषगरी फेवालगायत विभिन्न ताल, प्याराग्लाइडिङ, हिममशृङ्खलाको दृष्यावलोकन, गुफा तथा पातले छाँगोलगायत क्षेत्रको अवलोकनका लागि पर्यटक लोभिने गरेका छन् भने चितवन वन्यजन्तु अवलोकन र हात्ती सफारीमा प्रख्यात रहेको छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In