भरतपुर । पुर्वीचितवनबाट प्रकाशन हुँदै आएको बिजनेस लहर राष्ट्रिय साप्ताहिकले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा चितवनका विभिन्न क्षेत्रमा रहेर चर्चित भएकालाई ‘चितवन हिरो’ छानिने भएको छ । बैसाख १ गते मनोनयनमा परेका सात व्यक्तिमध्ये भोटिङको आधारमा विभिन्न विधामा ‘चितवन हिरो’ छनोट गर्न लागेकोे आइतबार भरतपुरमा पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रिकाका प्रकाशक÷प्रधान सम्पादन रामेश्वर रिजालले विभिन्न १३ वटा विधामा चितवन हिरो –२०७० चयन गरिने जानकारी दिनुभयो । चितवन हिरोको लागि चयन भएका हरेक विधाका सात जनाबाट भोटिङको आधारमा चयन गरिने हुँदा आइतबारदेखि भोटिङ लाइन खुला गरिएको रिजालले जानकारी दिनुभयो ।
विधाहरुमा प्रशासन सेवा, राजनीति, कृषि तथा पर्यटन, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्य, खेलकुद, न्याय तथा कानुन, समाजसेवा तथा परोपकार, सहित्य तथा कला, कलाकार, बंैक तथा वित्तीय, समाजसेवी, युवा नेतृत्व रहेका छन् ।
भोटिङको लागि मोबाइलको म्यासेज बक्समा गई सिएच टाइप गरी एक स्पेस दिएर आफूलाई मन परेको व्यक्तिको कोड नम्बर टाइप गरी ३००१ मा पठाउन सकिने छ । भोटिङ चैत्र ३० गते दिउँसो १२ बजे सम्म खुला रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रमअन्तर्गत चैत्र २१ देखि २४ गतेसम्म जिल्ला स्तरीय अन्तर मिडिया सुपर सिक्स क्रिकेट च्याम्पियनसिप प्रतियोगिता, २५ गते सहभोज तथा लत्ता कपडा वितरण, २६ गते अन्तर मिडिया म्याराथुन दौड, २७ गते अन्तरमिडिया पौडी प्रतियोगिता, आगामी वैसाख १ गते सम्मान तथा समापन कार्यक्रम रहेको छ
Discussion about this post