खैरहनी । खैरहनी उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल सुरू भएको छ ।
संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन चैत्र २४ र २५ गतेलाई तोकिएको छ । २४ गते उद्घाटन र २५ गते चुनाव हुने संघका अध्यक्ष केशव पाठकले जानकारी दिनुभयो ।
संघको अध्यक्षका लागि तीन जनाको आकांक्षा रहेको बुझिएको छ । दुईजना वर्तमान कार्यसमिति र अर्का एकजना साधारण सदस्यले अध्यक्षमा आकांक्षा देखाएको स्रोतले बताएको छ । अध्यक्षका आकांक्षीहरु अहिले उद्योगी तथा व्यवसायीको घरघरमा पुग्ने क्रम जारी छ । आफ्नो तर्फबाट सकेसम्म सहमतिको प्रयास गरिने संघका अध्यक्ष पाठकले बताउनुभयो । अधिवेशनले दुई वर्षे कार्यकालका लागि २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
वर्तमान अध्यक्ष पदेन सदस्य रहने, ४ जना मनोनित गर्ने र अध्यक्षसहित १७ सदस्यीय निर्वाचित हुने संघको प्रावधान छ । रत्ननगरको पूर्वीक्षेत्रदेखि लोथरसम्म संघको कार्यक्षेत्र रहेको संघले दावी गरेको छ । खैरहनी उद्योग वाणिज्य संघमा हाल ५ सय ७५ साधारण सदस्य रहेका छन् ।
Discussion about this post