भरतपुर । दिव्यनगर–१ ज्योतिनगरको जमानसिंह प्राविमा ‘सहयोगी हातहरु’ नामक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा विपन्न तथा गरिव समुदायका विद्यार्थी अध्ययन गर्दछन् । कार्यक्रममा दिव्यनगर रेडक्रसका अध्यक्ष हिमनाथ दवाडी, दलबहादुर गुरूङ, दानु गुरूङलगायतले बोलेका थिए ।
कार्यक्रममा जमानसिंह प्राविका सञ्चालक सदस्य राम गुरूङले सहयोगी हातहरुद्वारा गरिएको सामाजिक कामका लागि ५ हजार ५५५ रूपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सनबहादुर गुरूङ, उपाध्यक्ष प्रकाश ढुंगाना, सचिव दिवश घिमिरेले संस्थाले अझ धेरै काम गर्न बाँकी रहेको बताएका थिए ।
Discussion about this post