रत्ननगर । नेपाल सुकुमबासी सुधार समिति रत्ननगरको नयाँ समिति चयन गरिएको छ । फूलमान तामाङको अध्यक्षतामा गठित समितिमा सचिवमा जमुना राउत, कोषाध्यक्षमा हरि नेपाली र सदस्यहरुमा तुलीमाया, गुरूङ, आशमाया दराई, रत्नकुमारी वाल्पाथिङ र रामप्रसाद तिमिल्सिना रहेका छन् ।
कार्यक्रमको सहजीकरण लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तोरणराज पौडेल, नगरस्तरीय टोल विकास समितिका संयोजक बाबुराम गौतमलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post