नारायणगढ । गोर्खा फुजेल घटना पीडित परिवार संर्घष समितिले आज सोमबार चितवनको भरतपुरमा विरोध सभा गर्ने भएको छ ।
विरोध सभालाई एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले सम्वोधन गर्ने कार्यक्रम रहेको संर्घष समितिका परशुराम पौडेल अजिवले जानकारी दिनुभयो ।
विनाकारण आफू र आफ्ना परिवारलाई पक्राउ गरी यातना दिने काम गरेको भन्दै त्यसको विरोधमा भरतपुर जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा विरोध सभा गर्न लागेको पौडेलले बताउनुभयो ।
आज सोमबार बिहान ११ बजेपछि केन्द्रीय बस टर्मिनलबाट भद्र मौन जुसुल निकाली र जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र गेष्ट हाउस चौरमा पुगी विरोध सभामा परिणत हुने उहाँले बताउनुभयो ।
गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा यस अघि परशुराम पौडेल र रामप्रसाद अधिकारीलाई २५ दिन हिरासतमा राखी छोडिएको थियो भने हाल घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पौडेलका बुबा ७३ वर्षीय
छविलाल पौडेल र भीमसेन पौडेललाई प्रहरीले हिरासतमा राखेको छ ।
Discussion about this post