रत्ननगर । नमुना महिला समूह रत्ननगर १२ माधवपुरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भएको छ । असहाय वृद्धा कल्याण समाजमा भएको कार्यक्रममा २७ महिलासहित ५४ जनाले रक्तदान गरेका थिए । समुहकी अध्यक्ष उमा सापकोटाको अध्यक्षतमा तथा रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर बिसुरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । – उदय बराल (प्रशिक्षार्थी)
Discussion about this post