ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विपद् जोखिम क्षेत्र नक्साङ्कन

by चितवन पोष्ट
२०७० चैत्र १६, आईतवार ०३:३१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । चितवनको विपत् जोखिम नक्साङ्कन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले विपत् जोखिम नक्साङ्कनको कामलाई आफ्नो आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिएको छ ।
‘चितवनमा हुने विपत्को जोखिम न्यूनीकरण गर्नका लागि यसको नक्साङ्कन गरेर प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्य हो’, विपत् जोखिम नक्साङ्कनको आवश्यकताका बारेमा औंल्याउँदै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका वरिष्ठ कार्यक्रम अधिकृत जगन्नाथ न्यौपानेले भने, ‘बढी जोखिममा रहेका क्षेत्रमा बढी सतर्कताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
विपत्को जोखिमका दृष्टिले चितवन देशकै ११ औं जिल्लामा पर्छ । पहाडी क्षेत्र पहिरो र समथर तराईका क्षेत्र बाढीको जोखिममा चितवन छ । राजमार्ग क्षेत्र दुर्घटना, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र वन्यजन्तुको र सहरी क्षेत्र विभिन्न रोगहरुको संक्रमणको जोखिममा छन् । हरेक वर्ष विभिन्न प्रकारका विपत्का कारण चितवनमा ठूलो धनजनको क्षति हुने गरेको छ ।
‘विपत्बाट हुने आर्थिक तथा मानवीय क्षति न्यूनीकरण गराउनु मानवीय दृष्टिले जरूरी हो’, न्यौपानेले चितवन पोष्टसँग भने ।
जिल्ला विकास समिति चितवनका विपत् व्यवस्थापनका क्षेत्रमा कृयाशील सूचना अधिकृत बलराम लुइँटेल विपत् जोखिम न्यूनीकरणका लागि गराउन लागिएको विपत् जोखिमको नक्साले चितवनको चित्रण दिने बताउँछन् ।
‘विपत्को जोखिम न्यूनीकरणका लागि समग्र जिल्लाको अवस्थालाई समेटेर नक्सा बनाउन जरूरी थियो’, लुइँटेलले भने, ‘रेडक्रसले जुन कामको नेतृत्व गर्न लागेको छ त्यो सरानीय छ ।’
जिल्लामा हुने विपत्को जोखिमलाई लिएर जिल्ला विकास समितिले पनि केही क्षेत्रहरुलाई विशेष निगरानीमा राख्दै आएको पनि बताइन्छ । लुइँटेलका अनुसार दुई नगरपालिका र ३६ गाविस रहेको चितवनमा बाढीको जोखिममा रत्ननगर नगरपालिकासहित  जिल्लाका ३१ गाविस छन् । जोखिममध्ये  १२ वटा बाढीका दृष्टिले अति जोखिममा पर्छन् । यसरी बाढीको अति जोखिममा रहेका गाविसहरुमा गर्दी, बघौडा, मेघौली, दिव्यनगर, जगतपुर, बछ्यौली, कठार, कुमरोज, पिप्ले, भण्डारा, कविलासलगायतका छन् ।
यस्तै पहिरोको जोखिममा चितवनका पहाडी नौ गाविस रहे पनि जिल्ला विकास समितिले अति जोखिमका गाविस भनेर ६ वटालाई राखेको छ । यसरी पहिरोको अति जोखिमा पर्ने गाविसहरुमा शक्तिखोर, कोराक, कविलास, दाहाखानी, चण्डिभञ्याङ र दारेचोक छन् ।
निकुञ्जका मध्यवर्ती क्षेत्रमा पर्ने १२ वटा गाविस जङ्गली जनावरको जोखिममा, माडी क्षेत्र चट्याङको जोखिममा र राजमार्गले छोएका मध्ये भरतपुर नगरपालिका र भण्डारा गाविसलाई दुर्घटनाको जोखिम क्षेत्रका रूपमा लिइन्छ ।  दुर्घटनाको जोखिम क्षेत्रका रुपमा नारायणगढ–मुग्लिन सडक खण्डले छोएका क्षेत्रलाइ पनि लिने गरिन्छ ।
चितवन आगलागीका हिसावले पनि जोखिममा मानिन्छ । माडीको कल्याणपुर, अयोध्यापुरी, पहाडी गाविस चण्डीभञ्ज्याङ, कविलास, सिद्धि, कोराक र लोथरलाई आगजनीको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
पछिल्लो समय चितवनका विभिन्न रोगहरुको संक्रमण हुने र यसले प्रकोपकै रूप लिने जिल्लाका रूपमा पनि चिनिदै गएको छ । अझै चितवनमा हरेक वर्ष स्वरुप फेरीदै फैलने उच्च ज्वरोको महामारी विकराल समस्याको रुपमा लिने गरिन्छ । यो बढी जिल्लाको ग्रामीणभन्दा भरतपुर र रत्ननगर नगरपालिकाभित्र बढी देखिन्छ । जिल्ला विकास समितिका सूचना अधिकृत लुइँटेल भन्छन्, ‘विपत्का दृष्टिले चितवन अति नै जोखिममा छ । कमसेकम यसको अवस्थाका बारेमा नक्साङ्कन भएमात्रै पनि जोखिमको अवस्था हेरेर कार्यक्रमहरु सञ्चालन गर्न सजिलो पर्ने छ ।’

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In