पटिहानी । पदमोदय युवा क्लब पटिहानीको आयोजनामा शनिबारबाट क्लव परिसरमा निःशुल्क सिपमूलक तालिम सुरू भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा युवा सूचना केन्द्र चितवनमार्फत स्थानीय युवा साझेदारी कार्यक्रमअन्तर्गत सिपमूलक तालिम, उधमशीलता र रोजगारी दिने शीर्षकअन्तर्गत १५ दिने मुडा बनाउने तालिम सन्चालन गरिएको हो । तालिममा ३० जनाको सहभागिता रहेको छ ।
तालिममा दलित, आदिवासी, जनजाति, महिला र आर्थिक रुपले विपन्न समुदायका व्यक्तिहरुलाई सहभागिता गराएको क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो । तालिमको युवा सूचना केन्द्र चितवनका सदस्य सचिव रामजी ढकालले उद्घाटन गर्नुभयो ।
Discussion about this post