नारायणगढ । चितवन साइकल व्यवसायी संघको आठौं वार्षिक साधारणसभा शनिबार उवा संघ चितवनको सभाहलमा सम्पन्न भयो । संघका अध्यक्ष हरिभक्त पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथिमा उवा संघ चितवनका अध्यक्ष कल्याण जोशी रहनुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथिमा साइकल व्यवसायी महासंघका अध्यक्ष मोदिन अहमद, केन्द्रिय सदस्य मोहन अग्रवाल रहनुभएको थियो । कार्यक्रममा अन्य संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post