रत्ननगर । फोहोरमैला घरमै व्यवस्थापन गर्ने तरिका सिकाउन दुई दिने वातावरणमैत्री तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी अनुशिक्षण कार्यक्रम शनिबारबाट रत्ननगरमा सुरू भएको छ ।
रत्ननगर नगरपालिकाको साझेदारीमा नवदुर्गा आमा समूह रत्ननगरले आयोजना गरेको तालिममा रत्ननगर–१ अन्तर्गत रहेका टोल विकास संस्थाका ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष एञ्जिला कुँवरले रत्ननगरलाई वातावरणमैत्री नगरको रूपमा विकास गर्न आमा समूहले सञ्चालन गरिरहेको चेतनामूलक कार्यक्रमअन्तर्गत अनुशिक्षण कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई चन्द्रप्रसाद आचार्य र तुलसी ज्ञावलीले जैविक र अजैविक फोहोरको व्यवस्थापनको बारेमा सहजीकरण गर्नुभएको छ । रत्ननगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका वाणिज्यतर्फ उपाध्यक्ष राजाराम रेग्मी, नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला दुवाडी, टोल विकास संस्था नगर समन्वय समितिका संयोजक बाबुराम गौतमलगायतले बोल्नुभएको थियो । संस्थाकी अध्यक्ष एञ्जिला कुँवरको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
Discussion about this post