ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पेसागत हकहितका लागि प्रतिबद्धता

by चितवन पोष्ट
२०७० चैत्र १६, आईतवार ०३:२१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । पेसागत हकहितका लागि एकताबद्ध भएर अघि बढ्ने चितवनका पत्रकारहरुले प्रतिबद्धता गरेका छन् ।
प्रेस चौतारी चितवनले पत्रकार महासंघ चितवनका नवनिर्वाचित कार्यसमिति एवम् पार्सदहरुलाई गरेको बधाई तथा सम्मान कार्यक्रममा वक्ताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले निर्वाचनमा भएको हार–जितलाई कुनै प्रवाह नगरी सबै पत्रकारहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पेसागत सुरक्षा र क्षमता विकासका कार्यक्रममा ध्यान दिइने बताउनुभयो ।
कार्यालय भवनलाई पूर्णता दिन पनि जिल्लाका सबै पत्रकारलाई एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा एमाले चितवनका प्रचार विभाग प्रमुख अरूणपीडित भण्डारीले महासंघलाई पार्टीले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष जनक अर्यालले महासंघको केन्द्रीय अधिवेशनमा चितवनले विशेष उपस्थिति र भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । पूर्वअध्यक्ष कृष्ण गिरीले तीन वर्षे कार्यकाल योजनाबद्ध रुपमा अघि बढाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नारायणी अञ्चल अध्यक्ष तिलक रिमाल, एमाले जिल्ला कमिटी सदस्य उत्तम अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज ढकाल, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सूर्यप्रकाश कँडेल, आदिवासी जनजाति पत्रकार संघ चितवनका अध्यक्ष सन्तकुमार चौधरीलगायतले बोल्नुभएको थियो । चौतारी कार्यसमिति सदस्य राजु भट्टले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा चौतारीका जिल्ला अध्यक्ष शालिग्राम नेपालको अध्यक्षता रहेको थियो ।

Related Posts

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In