क्षेत्री समाजको कोरोना अस्पताललाई सहयोग

अन‌ि यो पनि

भरतपुर । क्षेत्री समाज बैद्धिकनगर चितवनले भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पताललाई एकहजार थान माक्स हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष युवराज क्षेत्रीले अस्पतालकी संयोजक एवम् भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कपडाको उच्च स्तरीय माक्स हस्तान्तरण गरेकी हुन् ।
माक्स हस्तान्तरण पछि बोल्दै अध्यक्ष क्षेत्रीले सहयोग गर्न पाएको खुशी व्यक्त गर्नु भयो । विपतमा परेकाहरुलाई सहयोग गर्नु मानवीय दायित्व सम्झेर आउँदा दिनहरुमा पनि सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीले उपलव्ध भएका सामानहरु यहाँ आबश्यक भएको यही प्रयोग गर्ने र आवश्यकता भन्दा बढी भए जिल्लाका अन्य अस्पतालहरुमा सहयोग गर्ने जानकारी दिए ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य विजय सुवेदी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्र्रसाद भट्टराई, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवँर, समाजसेवी डा. शारदा कुवँरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया