भरतपुर । सहयोगी हातहरु नामक एक संस्थाले दिव्यनगर गाविसस्थित कोइला निमाविमा शैक्षिक सामग्री हस्तान्तरण वितरण गरेको छ । सहयोगी हातहरुद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहित दिवश घिमिरेद्वारा लिखित नेपालका चाडपर्व नामक पुस्तक पनि वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कोइला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक सुनबहादुर गुरुङ, सहायक प्रधानाध्यापक घनश्याम घिमिरे, ज्योतिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायत छन् ।
कार्यक्रममा सहयोगी हातहरुका अध्यक्ष सनबहादुर गुरुङ, उपाध्यक्ष प्रकाश ढुंगाना, सचिव दिवश घिमिरेलगायतले गरिबलाई लक्षित गरी कार्यक्रम राखिएको बताए ।
Discussion about this post