नवलपरासी । मिर्मिरे मिश्रित कृषक समूह अमरापुरीको आयोजनामा आधुनिक तरकारी खेती तथा प्राङ्गारिक मल व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । कृषकहरुलाई कृषिसम्बन्धी आधुनिक तरकारी खेती, प्राङ्गारिक मल व्यवस्थापन, अर्गानिक खेतीसम्बन्धी तालिम दिइएको थियो । अमरापुरी बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको तालिममा कृषि सेवा केन्द्र रजहरका प्रमुख राजेन्द्र गौडेलले प्रशिक्षण दिएका थिए । अमरापुरी गाविसका सचिव एवम् अध्यक्ष वेदप्रसाद गौडेलको प्रमुख आतिथ्य एवम् मिर्मिरे मिश्रित कृषक समूहका अध्यक्ष गंगाधर कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिम अमरापुरी गा.वि.स. र गाउँ वन समन्वय समितिको सहयोग एवं कृषि सेवा केन्द्र रजहरको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो । उक्त तालिममा उपस्थित ६१ जना सहभागी सबैलाई निःशुल्क बोडी, घिरौँला, भिन्डी, करेला र सिमीको बीउसमेत वितरण गरिएको थियो ।
Discussion about this post