ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यार्थीहरूको शैक्षिक भविष्य

by चितवन पोष्ट
२०७० चैत्र १५, शनिबार ०२:०१ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

करिब एक हप्ताअघि सुरु भएको एसएलसी परीक्षा अपवादमा केही घटनाहरू भए पनि शान्तिपूर्ण रूपमा अहिले सम्पन्न भएको छ । देशभरि नै एकैसाथ एसएलसी परीक्षा सुरु भएपछि लाखौ“ विद्यार्थीको भविष्य यसस“ग जोडिन गएको थियो । करिब पा“च लाख पचास हजारभन्दा बढी सङ्ख्यामा रहेका विद्यार्थीहरूले आ–आफ्नो सुरक्षित भविष्य खोज्दै एसएलसीको महासङ्ग्राममा होमिएका थिए । एसएलसी परीक्षा सदैव विद्यार्थीको सफलता अथवा असफलताको कसी पनि बन्ने गरेको छ । धेरै हदसम्म विद्यार्थीको भविष्यलाई निर्धारण गर्न सफल भैरहेको एसएलसीलाई जोकसैले हल्का रूपमा लिएको पाइ“दैन । यति बृहद् सङ्ख्यामा एकैचोटि देशभरका विद्यार्थीहरू संलग्न रहने प्रक्रियाका कारण देशको भविष्य अप्रभावित रहन सक्दैन नै ।
फलामे ढोकाका रूपमा समेत लिइएको एसएलसी परीक्षा पहिलाका वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थीहरूले अन्धकार झेल्दै दिए, जसका कारण नतिजा प्रकाशनमा त्यसको असर देखा पर्ने निश्चित छ । एसएलसी परीक्षा सुरु हुनुभन्दा अगाडिदेखि नै लोडसेडिङ गर्न नहुने माग व्यापक रूपमा उठ्दै आएको र त्यसलाई सम्बोधन पनि गर्ने भन्ने सरकारको प्रतिबद्धता बालुवामा पानीसरह भएको छ । देशभर भैरहेको १२ घन्टाको लोडसेडिङका कारण परीक्षार्थीहरूले रामोस“ग परीक्षाको तयारी गर्न नसकेको अवस्थामा देशको शिक्षाप्रति राज्य कतिसम्म जिम्मेवार रहेछ भन्ने प्रमाणितसमेत हुन गएको छ । भविष्यका कर्णधारका रूपमा रहेका लाखौ“ विद्यार्थीहरूले गरेको लगानीको परिणाम देखाउने एसएलसीजस्तो महापरीक्षालाई लिएर सामान्यभन्दा सामान्य सहुलियत पनि दिन नसक्ने राज्यले विद्यार्थीहरूलाई अनागरिक बनाइरहेको अनुभव हुन्छ ।
देशमा विद्यमान राजनीतिक वातावरण पूरै सफा नभैसकेको स्थितिमा एसएलसी परीक्षा दिने प्रायः सबै विद्यार्थीहरूको भविष्य भने असुरक्षित नै प्रतीत भैरहेको छ । हरेक क्षेत्रमा निराशाजनक स्थितिमात्र देखि“दा लाखौ“ विद्यार्थीको सपनास“ग प्रत्यक्ष रूपमा जोडिएको एसएलसीले दिने नतिजाका बारेमा समेत आशङ्का व्यक्त हुनु अस्वाभाविक पनि छैन । त्यस्तै, सहरकेन्द्रित शिक्षा र गाउ“केन्द्रित शिक्षामा जबसम्म दूरी स्पष्ट रूपमा कायमै रहिरहन्छ, तबसम्म समग्र शिक्षाका बारेमा समेत प्रश्न उठिनै रहन्छ । विद्यार्थी सुरक्षाको सवाल होस् या आर्थिक विभेदका कारण होस्, विद्यार्थीहरू समेत आफ्नो भविष्यलाई लिएर निर्धक्क हुन सकिरहेका छैनन्, जुन शिक्षा मन्त्रालयको समेत असफलताका रूपमा प्रकट भैरहेको छ । दुर्गम ठाउ“मा रहेका विद्यार्थीहरूले भोग्नुपर्ने थप जटिलता र सुगम ठाउ“मा प्राप्त सुविधाका कारणले गर्दा आज हरेक नेपालीका छोराछोरीले शिक्षालाई आत्मसात् गर्न सकिरहेका छैनन् । राज्यले जबसम्म शिक्षालाई विद्यार्थीहरूको अनिवार्य अधिकारका रूपमा लि“दैन, तबसम्म हरेक वर्ष एसएलसी परीक्षा मात्र होइन, कुनै पनि परीक्षा शङ्का तथा उपशङ्काको घेरामा आइनै रहन्छ ।

Related Posts

Chitwan Post

महिला दिवसको सन्दर्भ

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In