दुई गजल

अन‌ि यो पनि

मन परेको मान्छेसित रमाउनुको मजा बेग्लै
मुटुभित्र मायालुलाई सजाउनुको मजा बेग्लै

एकान्तमा भेट गरेर मनको कुरा गर्दै गर्दै
आँखा आँखा जुधाएर लजाउनुको मजा बेग्लै

मस्त मस्त प्रेमभित्र डुब्दै डुब्दै जाँदाखेरि
जूनेली त्यो रातभरि हराउनुको मजा बेग्लै

मनले खाएको मान्छेलाई आफ्नो मान्छे बनाएर
उसको आफ्नो बस्तीबाट भगाउनुको मजा बेग्लै

चाहनाले सार्थक रुप लिन थालेपछि सधैँ
खुसीको गीत, गजल बजाउनुको मजा बेग्लै

हरपल जिन्दगीले केही सिकाइरहेछ
हर मानिसको चरित्रलाई देखाइरहेछ

समय नै संसारको शक्तिशाली हतियार
अकल्पनीय चोटहरुले सेकाइरहेछ

मजाकिया थिएँ मजाक गर्ने आदत थियो
हेर्छु जिन्दगीले मेरै मजाक बनाइरहेछ

हाँस्ने र हँसाउने जिन्दगीको सिद्धान्त थियो
फेरि किन यो आँसुलाई अपनाइरहेछ

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया