बन्धक चरा [कविता]

अन‌ि यो पनि

मेरा कयौँ सपना
पिँजडामा कैद बनेर बसेका छन्
चारैतिरबाट जालो बुनेर
मेरो स्वतन्त्र हुने चाहना खोसिएको छ
म खुल्ला आकाशमा उड्न चाहन्छु
मेरा दुई पङ्खा फिँजाएर
संसार नियाल्न चाहन्छु
म अपराधीजस्तै भएर
बन्धक सानो कोठामा थुनिएको छु
मैले कुनै अपराध गरेको नै छैन
मैले कुनै घटना घटाएको नै छैन
मैले कसैलाई चोट पु¥याएको नै छैन
मान्छेले मेरो खुल्ला हुने सपनालाई
संसार डुल्ने चाहनालाई पिँजडारुपी
बन्द जेलमा थुनिदिएको छ
वेगसँग चलेको हावासित
टक्कर लिँदै उड्ने रहर छ
आकाशबाट झरेको त्यो पानीसँग
मेरो शरीरलाई शुद्ध बनाउने इच्छा छ
सूर्यका किरणसँग डुबुल्की मार्दै
शीतल ती रुखका
टुप्पामा निधाउने चाहना छ
खुट्टा तन्काउँदै पखेँटा फिँजाएर
यी आँखाले दुनियाँ नियाल्दै
आहार खोज्ने ठूलो सपना छ
बन्द जेलमा मान्छेले दिएको आहार
विषजस्तो लाग्छ
उड्न बनाइएका मेरा पखेँटा
काटिएको जस्तो लाग्छ
म चिच्याइचिच्याई कराउँछु
म पटकपटक
स्वतन्त्रताका लागि लड्छु
मेरो लडाइँ पिँजडारुपी जेलमा
बन्धक भएको छ, हार भएको छ
मेरो संसार नियाल्ने सपना
मेरो आकाश छुने चाहना
मेरो छाती फुलाएर सुत्ने धोको
सदाका लागि पिँजडारुपी
जेलमा बन्द भएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया