मेघौली । पश्चिम चितवनको मेघौलीमा बुधबार राति भएको आगलागीबाट रु २५ लाख बराबरको क्षति भएको छ ।
मेघौली–३ जितपुरस्थित उमाकान्त ढकालको घरमा आगलागी भएको हो । सो घरमा रहेको मोबाइल पसल, किराना स्टोर्स र टेलर्समा आगलागी भएर सो मूल्य बराबरको क्षति भएको हो ।
विद्युत् सर्ट भएर गएराति साढे ९ बजे सुरू भएको आगोलाई भरतपुरबाट गएको बारूणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टाभित्रमै नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Discussion about this post