गैंडाकोट । अखिल नेपाल महिला संघ गंैडाकोट नगर कमिटीको बुधबार सम्पन्न तेस्रो अधिवेशनले गिता तिवारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा जमुना सिग्देल र चोली मल्ल, सचिवमा माया पाण्डे, सहसचिवमा संगीता अर्याल, कोषाध्यक्षमा पार्वती पोखरेल चयन हुनुभएको छ । त्यसैगरी कमिटीको सदस्यहरुमा डाली मल्ल, जमुना सिग्देल, सरस्वती ज्ञवाली, लीलावती दराई, संगीता ज्ञवाली, मोती कुँवर, कल्पना अधिकारी, पार्वती सापकोटा, धनमाया विक र तुलसी सापकोटा रहनु भएको छ । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भगवती भण्डारीको प्रमुख आतिथ्यता एवम् अखिल नेपाल महिला संघ गैंडाकोट नगरकमिटीका अध्यक्ष जानुमाया सिग्देलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले नवलपरासीका उपाध्यक्ष रोशन गाहा मगर, नेकपा एमाले अञ्चल कमिटी सदस्य कृष्ण घिमिरे, नेकपा एमाले चितवनका उपसचिव पार्वती रावललगायतले मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post