भरतपुर । चितवन जिल्लामा एसएलसी परीक्षा मर्यादित तरिकाले भइरहेको छ । यद्यपी परीक्षाको मर्यादाविपरीत कार्य गर्नेको परीक्षा रद्ध गरिएको छ ।
बिहीबार ऐच्छिक विषयको परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो । बुद्धशान्ति उच्च मावि पिप्लेबाट एकजनाको, नेपाल आदर्श शिक्षा सदन खैरहनीबाट एकजनाको, गोलोसाइन ईं बोडिङ स्कुलबाट दुई जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ । शिक्षा मन्त्रालयका सहसचिव कमलेशकुमार सिन्हाले परीक्षा रद्ध गर्नुभएको थियो ।
परीक्षालाई मर्यादित नबनाउने निरीक्षकको जिम्मेवारी समालेका दुई जना निरीक्षकलाई समेत हटाइएको छ । सहसचिव सिन्हाले चारभन्दा बढी केन्द्रमा निरीक्षण गर्नुभएको थियो ।
Discussion about this post