ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नयाँ नेतृत्वको दायि¤व

by चितवन पोष्ट
२०७० चैत्र १४, शुक्रबार ०२:३९ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संघको भर्खरै सम्पन्न अधिवेशनमा एमाले–एमाओवादी र कांग्रेस–माओवादीको छुट्टाछुट्टै गठबन्धन बनेको थियो । निर्वाचनमा दुवै गठबन्धनका उद्योगी व्यवसायीहरु निर्वाचित भएका छन् । संविधानसभा निर्वाचनकै झल्को दिनेगरी भएको अधिवेशनले संघमा आगामी दिनमा गठबन्धन गरेर विभाजित हुनुभन्दा उद्योगी व्यवसायीहरु मिलेर जानुपर्ने शिक्षा दिएको छ । दलीय स्वार्थभन्दा माथि उठेर उद्योगी व्यवसायीहरुको हितमा काम गर्नसक्ने पदाधिकारीहरुलाई सर्वसम्मत चयन गर्नुपर्ने सन्देशसहित संघको अधिवेशन सम्पन्न भएको छ । लोकतान्त्रिक मान्यताअनुसार जित–हारलाई सबैले आत्मसात् गर्नुपर्छ । सबैको साझा प्रयासबाट मात्रै संघलाई अघि बढाउन सकिन्छ ।
रत्ननगर बजारलाई व्यवस्थित गरी व्यवसायीहरुको हकहितअनुरुप नेतृत्वले अर्थपूर्ण उपलब्धिहरु हासिल गर्नु आवश्यक छ । संघको नवनिर्वाचित नेतृत्वलाई छिमेकी गाविससँग मैत्रीपूर्ण व्यावसायिक सम्बन्ध विकसित गर्दै अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने दायि¤व पनि थपिएको छ । नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर विसुरालले रत्ननगरमा चार लेनको सडक निर्माणको काम तत्काल सुरू गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि रत्ननगरमा चार लेनको सडक बन्ने चर्चा चले पनि हालसम्म योजनाले गति लिएको छैन । विसुरालले आफ्नो कार्यकालमा सो काम पूरा गर्ने जनाएका छन् । नयाँ नेतृत्वले रत्ननगरको बजार व्यवस्थापन गर्ने, व्यावसायिक सुरक्षाका लागि पहल गर्ने, प्रवद्र्धन गर्नेदेखि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योगलगायतको विकासमा कार्ययोजना बनाएर अघि बढ्नु पर्ने दायित्व छ ।
रत्ननगरमा अझै पनि बजार व्यवस्थापन हुन सकेको छैन । मुख्य व्यापारिक केन्द्र नारायणगढपछि रत्ननगर बजारकै नाम आउने गरे पनि त्यसले व्यावसायिक ख्याति कमाउन सकेको छैन । रत्ननगर बजारभित्रै एउटै वस्तु तथा सेवाको मूल्य फरक–फरक छ । व्यवसायीहरुमा एकरुपता छैन । स्वस्थ प्रतिस्पर्धा पनि हुन सकेको छैन । व्यवसायलाई प्रतिस्पर्धी बनाएर ग्राहकलाई बढीभन्दा बढी सेवा दिने प्रयत्न गरिएको छैन । नगरोन्मुख गाउँ तथा सहरोन्मुख बजार क्षेत्रको जति पनि साख हासिल गर्न नसक्नु संघको कमजोरी हो । अहिले छिमेकी गाउँबाट आउने ग्राहकलाई सुलभ र गुणस्तरीय वस्तु तथा सेवा बिक्री गर्न रत्ननगरका व्यवसायी चुकेका छन् ।
ग्राहकले धार्मिक तथा शुभ कार्यमा सपिङ गर्न मुख्य बजारतर्फ उन्मुख हुनुको कारण यहाँका व्यवसायीहरुले ग्राहक आकर्षित गर्न नसक्नु नै हो । रत्ननगर एउटा राम्रो व्यापारिक तथा व्यावसायिक कृषि तथा पोल्ट्री व्यवसायका लागि पनि उपयुक्त क्षेत्र हो । यति हुँदाहुँदै यसले व्यापारिक केन्द्रको गरिमा जोगाउन नसक्नु दुर्भाग्य हो । संघले बजार व्यवस्थापन गर्न नसकेको, व्यावसायिक सुरक्षा दिन नसकेको र अस्वस्थ प्रतिस्पर्धा हटाउन नसकेको गुनासोलाई यथाशीघ्र चिर्नु अपरिहार्य छ । नयाँ नेतृत्वले पूर्वी चितवनकै समग्र विकासका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्नु जरूरी देखिएको छ । घरको बगैँचामा आँप, लिची, आरु, कटहर, अम्बाहरुमा यति मजासँग फूल ९मञ्जरी० फुलेका छन् कि दाना पनि त्यहीअनुसार लाग्ने हो भने रेनी सिजन ९वर्षात्को समय० भरि नै फलफूल किन्न पर्ने थिएन । मेरो त बिहान–बिहान केही समय बगैँचाका फलफूलमा लागेको पालुवा र फूल हेरेर नै बित्ने गरेको छ । असाध्यै आनन्द लाग्छ, रुखबिरुवाले पनि यसरी सोचेजसरी नै प्रगति गरेको पाउँदा १

Related Posts

Chitwan Post

देशमा स्वास्थ्य सेवाको अवस्था

Chitwan Post

राजनीतिक चरित्रको खाँचो

Chitwan Post

सत्ता समीकरणको चलखेल

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In