कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती–३, थकाली चोकबाट सवारी चेकजाँचको क्रममा उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।
ना ७ ख ११३ नम्बरको बसमा रहेका यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा स्याङ्जाका ३० वर्षीय सुरेन्द्र गौतम, लमजुङ बेँसीशहर बस्ने २३ वर्षीय सुरेश कसाई, चितवन भरतपुर महानगरपालिका–२८ बस्ने २९ वर्षीय मुन्ना महतो र ३७ वर्षीय खेमकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरुका साथबाट प्रहरीले फेनारागन ८३ एम्पुल, डाइजेपाम ८३ एम्पुल, एक थान प्रयोग भएको सिरिन्जलगायतका लागूऔषध नियन्त्रणमा लिएको जनाएको छ ।