वडा नं २३ र २२ बन्यो विजेता

अन‌ि यो पनि

रामपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि प्रथम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २०/२० कप २०७६ को आइतबार सम्पन्न दोस्रो चरणको पहिलो खेलमा वडा नं २३ विजेता बनेको छ ।

चितवन आदर्श क्लब आयोजक रहेको सो खेलमा क्लबकै ‘बी’ र वडा नं २३ बीच घम्साघम्सी भएको थियो । खेलमा भरतपुर महानगर वडा नं २३ ले ४ विकेटले जितेको हो ।

चितवन आदर्श क्लबले टस जितेर व्याटिङ रोजेको थियो । पहिला व्याटिङ गर्दै चितवन आदर्श क्लब १२० रनमा अलआउट भएको थियो र वडा नं २३ ले ६ विकेट गुमाउँदै १६.४ ओभरमा जित हासिल गरेको थियो ।

खेलमा केशव गिरीले १६ बलमा ३६ रनको उत्कृष्ट व्याटिङ र वलिङमा ३ ओभरमा २१ रन दिएर २ विकेट लिँदै खेलको म्यान अफ दी म्याच भएका थिए । यस्तै, आइतबार सम्पन्न दोस्रो खेल वडा नं २२ र चितवन आदर्श युवा क्लब ‘ए’ बीच भएको खेलमा भरतपुर वडा नं २२ ले खेल ८ विकेटले जितेको थियो ।

चितवन आदर्श युवा क्लबले पहिले व्याटिङ गर्दै १३८ रन बनाएको थियो । वडा नं २२ ले दुई विकेट गुमाउँदै १८ ओभरमा जित हासिल गरेको थियो । दोस्रो खेलमा विशाल पौडेलले ३१ बलमा ५१ रनको उत्कृष्ट व्याटिङ गर्दै म्यान अफ दी म्याच भएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया