ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मिचाहा प्रजातिबारे बहस

by चितवन पोष्ट
२०७० चैत्र १३, बिहीबार ०३:२४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्ज तथा अन्य वन क्षेत्रमा फैलिएको मिचाहा झारबारे पर्यटकीय क्षेत्र सौराहामा अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ । वनमारा झारले वन क्षेत्र तथा जलकुम्भीले ताल र नदी–खोला ढाकेर हैरान बनाएपछि यसको नियन्त्रणका लागि विज्ञहरुबीच छलफल भइरहेको छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, फिजी, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायतका विज्ञहरुले नियन्त्रणका लागि बहस थालेका हुन् । सम्मेलनले मिचाहा झारबारे छलफल गरी नेपाल सरकारलाई रणनीति बनाउन सुझाव दिनेछ । मिचाहा झार माइकेनिया (माइल ए मिटर) मेकारान्थासम्बन्धी अध्ययन गरेका विभिन्न देशका विज्ञहरुले तीसवटा कार्यपत्र पनि सम्मेलनमा प्रस्तुत गर्दैछन् । राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उच्च अधिकारीहरुको सहभागिता रहेको छ ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा विभिन्न वनमा दुई सयभन्दा बढी प्रजातिका मिचाहा झार रहेको संरक्षणविज्ञहरुको अनुमान छ । एक दशकभन्दा अघिदेखि फैलिरहेको माइकेनिया वन मिचाहा झारबारे यसअघि पनि पटकपटक गोष्ठी तथा छलफलहरु भए पनि नियन्त्रणको प्रयास सफल हुन सकेको थिएन । वनमारा तथा जलकुम्भी मात्रै नभएर माछा पोखरीमा देखिएको टिलापिया नामक माछाको प्रजाति पनि मिचाहाका रुपमा देखा परेको छ । सम्मेलनबाट मिचाहा प्रजातिबारे पनि थप विवरणहरु पत्ता लाग्ने अपेक्षा गरिएको छ । मिचाहा प्रजाति नियन्त्रण गर्न विश्वमा भएका प्रयासबारे सम्मेलनमा छलफल हुनेछ । यसबाट नेपाललाई उपयुक्त विधि अवलम्बन गर्न सहयोग पु¥याउने छ । अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासहरु र उपलब्धिबारे सहज रुपमा जानकारी मिल्नुका साथै भविष्यमा मिचाहा प्रजातिबारे अध्ययन र अनुसन्धानका लागि फलदायी हुने विश्वास संरक्षण अधिकारीहरुले लिएका छन् ।
नेपालमा मिचाहा झारका कारण वन विनाश भइरहेको छ भने वन्यजन्तुलाई पनि शत्रु झारबाट खतरा बढेको छ । यसअघि नेपालमा जलकुम्भी र कालो वनमारा झार नियन्त्रणका लागि प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मिचाहा झार तथा जीवहरुको प्रकोप बढे पनि सरकारी तवरमा योजना तथा रणनीति बनाएर नियन्त्रण गर्न सकिएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा मिचाहा प्रजाति पूर्ण रुपमा नियन्त्रण भएका केही देशको अनुभव पनि सम्मेलनमा प्रस्तुत हुने भएकाले नेपालको सन्दर्भमा त्यस्ता उदाहरणहरु उपलब्धिमूलक हुने देखिन्छ । सम्मेलनमा माइकेनिया झारबारे अध्ययन गरेका संरक्षणविद्, वन्यजन्तु विभागका अधिकारी र वन संरक्षणमा लागिपरेका संरक्षणकर्मीसमेतको सहभागिताबाट नेपालमा मिचाहा झार नियन्त्रणका लागि मह¤वपूर्ण प्रयास हुने देखिएको छ । सौराहा सम्मेलनलाई सरकारले एउटा मह¤वपूर्ण अवसरका रुपमा ग्रहण गर्दै विज्ञहरुबाट आएका सुझावअनुसार रणनीति बनाउनु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Chitwan Post

जनआन्दोलन दिवसले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In