गृह » गैरकानुनी रुपमा सीमा पार गर्न खोज्ने घाइते
विश्व

गैरकानुनी रुपमा सीमा पार गर्न खोज्ने घाइते

अम्मान । जोर्डनको सैनिक र गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने दुई सशस्त्र व्यक्तिसँग झडप भएको समाचार छ ।
ती दुई सशस्त्र व्यक्ति सिरियातर्फबाट गैरकानुनी रुपमा आफ्नो देशमा प्रवेश गर्न खोजेकाले सैनिक र सशस्त्र व्यक्तिहरुबीच झडप भएको सरकारी समाचार समिति पेट्रा समाचार समितिले जनाएको छ ।
सीमा सुरक्षा सैनिकले रोकिन आदेश दिँदा उनीहरुले नटेरेका, उल्टै सैनिक माथि जाई लागेकाले सुरक्षा कारबाहीमा परी घाइते भएको सैनिक स्रोतले जनाएको छ ।
पछि उनीहरुलाई उपचारार्थ नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको र लगत्तै थुनामा राखिएको छ । सो क्रममा केही सैनिक पनि घाइते भएका बताइएको छ ।
गत सोमबार पनि यसैगरी गैरकानुनी रुपमा सिरियाबाट जोर्डन प्रवेश गर्न खोज्ने सशस्त्र आप्रवासीको समूह र सैनिकबीच भिडन्त हुदा सेनाको कारबाहीमा परी एक जनाको मृत्यु भएको थियो ।
सो भिडन्तमा परी अन्य केही व्यक्ति घाइते भएका समेत सैनिक स्रोतले बताएको छ । उक्त क्षेत्रबाट यसअघि पनि गैरकानुनी रुपमा प्रवेश गर्ने गरेकाले सैनिकले व्यापक मात्रामा निगरानी बढाएको थियो ।
सैनिक स्रोतका अनुसार सन् २०१३ को वर्षभरि सिरियाबाट गैरकानुनी रुपमा जोर्डन प्रवेश गर्न खोज्ने एक हजार ५९५ जना सशस्त्र आप्रवासीलाई सेनाले नियन्त्रणमा लिएको थियो ।
यसैबीच, सन् २०१२ को तुलनामा सन् २०१३ मा जोर्डन–सिरिया सीमाक्षेत्रमा अवैध हातहतियार तस्करी परिमाणमा तीन सय प्रतिशतले वृद्धि भएको जोर्डन सेनाले जनाएको छ ।
तस्करीका क्रममा रहेका ९ सय थान आधुनिक हातहतियार, ६० लाख चक्की लागूऔषध, २४ वटा सिरियाली नम्बर प्लेटका गाडीहरु सेनाले जफत गरेको समेत जनाइएको छ । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment