गृह » पुनः आक्रमण गर्ने चेतावनी
विश्व

पुनः आक्रमण गर्ने चेतावनी

    खार्तुम । दक्षिण सुडानका सैनिकले त्यहाँ यसअघिजस्तै पुनः सैनिक विद्रोह हुने चेतावनी दिएको समाचार छ ।
उक्त देशको तेलको धनी रहेको क्षेत्रमा पूर्वराष्ट्रपतिको नेतृत्वमा गत महिनाजस्तै आक्रमण गर्ने चेतावनी दिइएको समाचारमा जनाइएको छ ।
पूर्वराष्ट्रपति रिएक मचारका समर्थक सैनिकहरुले तेलको धनी राज्य निलेको प्रान्तीय राजधानी मलाकालमा विद्रोहको नयाँ योजना बनिरहेको उनीहरुले जानकारी दिएका छन् ।
हाल मचारका सैनिकहरु मलाकालबाट करिब ८ किलोमिटर टाढा रहेको डुङ्गली क्षेत्रमा उपस्थित रहेका दक्षिण सुडानका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । विद्रोही सैनिकले केही समयभित्र मलाकालमा आक्रमण गर्ने योजना बनाइरहेका उहाँले बताउनुभएको छ ।
सन् २०१३ को मध्य डिसेम्बरदेखि सरकार समर्थक सैनिक र विद्रोही सैनिकबीच भएको झडपका क्रममा हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै हजारौँ व्यक्ति विस्थापित भएका थिए ।
गत जनवरी २३ का दिन दक्षिण सुडान सरकार र विद्रोहीबीच इथ्योपियाको राजधानी आडिस आबाबामा युद्धविराम गर्ने सम्झौता भएको थियो । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment