गृह » होटेलको छानो खस्दा दसको मृत्यु
विश्व

होटेलको छानो खस्दा दसको मृत्यु

  सोल । दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा अवस्थित एक होटलको भवन भत्किँदा १० व्यक्तिको ज्यान गएको समाचार छ । सो घटनामा अन्य एक सयभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलदेखि करिब ३७० किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रेओङ्गनु सहरस्थित ‘माउना ओसेआन रिसोर्ट’ नामक हाटेलको छाना स्थानीय समयअनुसार ९ः१५ बजे सोमबार भत्किएको थियो । उक्त दुर्घटनामा १० व्यक्तिको मृत्यु हुनुका साथै १०१ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक भोजमा सहभागी हुनका लागि बुसान विश्वविद्यालयका विदेशी विद्यार्थीसहित ५६५ जना विद्यार्थी सो होटलमा पुगेका थिए । सो घटनामा ज्यान गुमाउनेहरुमा ९ जना विद्यार्थी र एक जना उक्त कार्यक्रमका आयोजक रहेका छन् ।
घाइतेमध्ये १७ जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ । उक्त घटनामा तीन विद्यार्थी र ११ भोज आयोजकहरु बेपत्ता रहेका जनाइएको छ । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको पनि समाचारमा उल्लेख छ । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment