गृह » जनताको विकासको चाहना पूरा गछौँ : जनप्रतिनिधि 
समाचार समाज

जनताको विकासको चाहना पूरा गछौँ : जनप्रतिनिधि 

–होमनाथ सापकोटा
रत्ननगर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बितिसकेको छ । दुईवटा मह¤वपूर्ण निर्वाचनमा दलका उम्मेदवारहरुले जनमत आफ्नो पक्षमा पार्न मह¤वाकांक्षी योजना प्रस्तुत गरे ।
चितवनबाट ३ वटा प्रतिनिधिसभा सदस्य र ६ वटा प्रदेशसभा सदस्यका लागि नेताहरु निर्वाचन जिते । निर्वाचनका समयमा नेताहरुले गरेको वाचाअनुसारको काम कहिले सुुरू हुन्छ भनेर जनताले हेरिरहेका छन् ।
चितवनबाट विजयी भएका सांसदहरुले सडक कालोपत्रेदेखि रिङ्रोड बनाउनेसम्मका चुनावी योजना जनतालाई बाँडे । चितवन क्षेत्र नंं १ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता सुरेन्द्र पाण्डेले निर्वाचनकै मुखमा भण्डारामा पत्रकार सम्मेलन गरी विकासका योजना सार्वंजनिक गरे ।
उनले शक्तिखोर–हुग्दी सडक निर्माण, चितवनमा रिङ्रोड, पूर्वी चितवनमा बाल अस्पताल निर्माण, राप्ती, लोथर खोलामा ड्याक, लोथरदेखि सौराहासम्म पर्यटन मार्ग, सौराहामा सिटी हल र सबै सडक कालोपत्रे गर्ने योजना पाण्डेले सार्वजनिक गरे ।
भोट माग्न जनताको घरदैलोमा जाँदासमेत नेताहरुले विकास र समृद्धिलाई जोड दिए । घरअगाडि भत्केको सडक कहिले कालोपत्रे बन्छ भनेर जनताले आस गरिरहेका छन् । किसानले सिंचाइको लागि बोरिङ निर्माण भएर ढुक्कसँग बालीमा पानी हाल्ने दिन कहिले आउला भनेर कुरेर बसेका छन् ।
तर, नेताहरुले भने अहिले विकास निर्माणको काम गर्नेतर्फ सोच्नसमेत भ्याएका छैनन् । निर्वाचनपछि प्रदेश राजधानी बनाउने, प्रदेशसभाको बैठक सुुरू गर्ने र त्यसपछि राष्ट्रिय सभा गठनतर्फ नेपाली राजनीति केन्द्रित भयो । चितवनबाट निर्वाचन जितेका नेताहरु पनि त्यसमै केन्द्रित भए ।
निर्वाचन भएको लामो समय बितिसक्दा पनि वर्तमान सरकारले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेका सांसदहरुले नयाँ सरकार गठनपछि विकासको कामले गति लिने बताइरहेका छन् ।
केन्द्रीय र प्रदेश सरकार गठनपछि मुलुकमा विकासले गति लिने विश्वास गर्न सकिने बलियो आधार खडा हुन सकेको छैन । जनताले आफूले भोट हालेर जिताएका सांसदहरुले कहिलेदेखि काम गर्न सुरू गर्छन् भनेर प्रतीक्षा गरिरहेका छन् । साँच्चिकै सांसदहरुले विकासको गतिलाई तीव्र पारेर जनचाहना पूरा गर्न सक्छन् त यो चासोको विषय बनेको छ ।
सभासद् हुँदा आफ्नो निर्वाचन क्षेत्रमा विकासको काम गरेर लोकप्रिय भएका पूर्वअर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले जनतासँग गरेको वाचा पूरा गरेर छाड्ने प्रतिक्रिया दिए । ‘गर्न नसक्ने कुरा हामी बोल्दैनौँ’, उनले भने, ‘निर्वाचनका बेला गरेका वाचा एक÷एक गरेर पूरा गर्छौं । चैत वैशाखबाट जनताको चाहनाअनुसारका विकास निर्माणको काम सुरू हुने नेता पाण्डेले बताए ।
आफूले निर्वाचनका बेला सार्वजनिक गरेका विकासका योजना मह¤वाकांक्षी नरहेको भन्दै नेता पाण्डेले पाँचवर्षे कार्यकालभित्र सबै काम गर्ने बताए । केन्द्रीय र प्रदेश सरकार गठनपछि विकासको काममा ध्यानकेन्द्रित गर्ने बताए ।
साना योजनाहरु सरकारी बजेटबाटै सुरू गर्ने र ठूला योजनाहरु सम्पन्न गर्न सरकार र दातृनिकायको साझेदारीमा पूरा गर्ने योजना रहेको उनले बताए । ‘वैकल्पिक राजमार्गको विषय केही जटिल छ’, उनले भने, ‘राष्ट्रिय बजेटले नधान्ने अवस्था भयो भने वैदेशिक सहयोगबाट बनाइने छ ।’
नेता पाण्डेले सौराहामा सिटी हल निर्माणको प्रक्रिया सुरू भइसकेको बताए । चितवन क्षेत्र नं १ बाटै प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कृष्ण खनालले पनि विकास निर्माणदेखि सुकुमबासी समस्या समाधान गर्ने प्रतिबद्धता निर्वाचनको बेला गरे । खनालले सुकुमबासी समस्या समाधान, टिकौलीमा रंगशाला, राप्तीमा ड्याक, रत्ननगर अस्पतालको स्तरोन्नति, पर्यटन क्षेत्रको विकास गर्ने योजना निर्वाचनका बेला अघि सारेका थिए ।
प्रदेश सरकार गठन भएपछि निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम सुरू गर्ने बताए । ‘भूमि व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हुन्छ’, उनले भने, ‘प्रदेश सरकार गठनपछि सुकुमबासी व्यवस्थापनको काम तीव्ररुपमा अगाडि बढ्ने छ ।’ उनले टिकौलीमा रंगशाला निर्माणको काम पनि अब बन्ने नयाँ सरकारले अगाडि बढाउने उनले बताए ।
जनप्रतिनिधिहरु शंकाको घेरामा
शहीद स्मृति बहुमुखी क्याम्पस टाँडीका प्राध्यापक सुरेन्द्र रेग्मीले विगतमा जनताले अपेक्षा गरेअनुसारको निर्वाचित प्रतिनिधिहरुले काम नगरेका कारण अहिलेका जनप्रतितिनिधिहरु पनि शंकाको घेरामा रहेको बताए ।
उनले अहिलेका जनप्रतिनिधिहरु विकासको काम गर्छन् भन्ने बलियो आधार नभएको बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुको सहकार्यमा विकासको कामले गति लिनसक्ने विचार व्यक्त गरे । पुरानै नजरले अहिलेका जनप्रतिनिधिहरुलाई मूल्यांकन गर्न नहुने भन्दै रेग्मीले उनीहरुले गर्ने विकासका कामको सम्भावना भने उत्तिकै रहेको बताए । ‘अहिलेका जनप्रतिनिधिहरुबाट आशा गर्न सकिने ठाउँ छ’, उनले भने, ‘त्यसका लागि नागरिकको खबरदारी उत्तिकै आवश्यक छ ।’

 

 

 

Comments

About the author

चितवन पोष्ट