गृह » प्रअमाथि दुव्र्यवहार भएकोमा ध्यानाकर्षण
समाचार समाज

प्रअमाथि दुव्र्यवहार भएकोमा ध्यानाकर्षण

भरतपुर । बालकुमारी माविका प्रधानाध्यापक नारायणबहादुर थापालाई कक्षामा अध्ययन कार्यमा संलग्न रहिरहेको अवस्थामा उनीमाथि भएको दुव्र्यवहारको विद्यालयले भत्र्सना गरेको छ ।
दुव्र्यवहारमा संलग्न व्यक्तिले स्थानीय दैनिक पत्रिका एवम् सामाजिक सञ्जालमार्फत् घटनाको जिम्मेवारी लिएको र दोषीलाई पक्राउ गर्न किटानी जाहेरी गरिएको अवस्थामा हालसम्म पनि दोषी पक्राउ नगरिएकोमा बालकुमारी शिक्षक कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
दोषीलाई पक्राउ गरी घटनाको सत्यतथ्य कुरा पत्ता लगाउन ढिलाइ भएमा आगामी दिनमा चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्नुका साथै अन्तिममा पठ्नपाठ्नसमेत बन्द गरी आन्दोलनमा उत्रिने विज्ञप्तिमा भनिएको छ ।

Comments

About the author

चितवन पोष्ट