गृह »  द्विविधामा नवलपरासीका भूकम्पपीडित 
समाचार समाज

 द्विविधामा नवलपरासीका भूकम्पपीडित 

रामकुमार श्रेष्ठ
नवलपुर । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पबाट आफ्नो घर गुमाउने मध्येका एक हुन् नवलपुरको विनयी त्रिवेणी–५ का दुर्गाबहादुर झेडी । भूकम्पले घर भत्काएपछि आफन्तको शरणमा बस्दै आएका दुर्गाबहादुर झेडीले अर्को घर बनाउनका लागि आवश्यक पर्ने ढुंगा घरअगाडि थुपारेर राखेका छन् । तर, उनले घर भने निर्माण गर्न सकेका छैनन् ।राज्यले भूकम्पबाट पूर्णरुपमा घर क्षति भएकोलाई घर निर्माणका लागि तीन लाख दिने भने पनि उनले पहिलो किस्ता ५० हजार भन्दा पाउन सकेका छैनन् जसले गर्दा उनको घर निर्माणको सपना पूरा हुन सकेको छैन ।
त्यसमाथि सरकारले दिने तीन लाखले आफूखुसी घर बनाउँन नपाउने भएको कारण उहाँ जस्तै नवलपरासीका कतिपय भूकम्पपीडितहरुले ५० हजार हातमा लिएर इन्जिनियरको बाटो हेरेर बसेका छन् । कतिबेला इन्जिनियर आउला र घर बनाउला भने । तर, जनशक्ति अभाव तथा इन्जिनियर प्रयाप्त नहुँदा भूकम्पपीडितहरुले घर बनाउने कामलाई अगाडि बढाउन सकेका छैनन् । विनयी त्रिवेणी–५ का दुर्गाबहादुर झेडीले आफूसँग प्रर्याप्त पैसा नभएको कारण घर निर्माणको काम अगाडि बढाउन नसकेको बताए ।पूर्णरुपमा क्षति भएको नवलपरासीको साविक धुर्कोट गाविसका २१ घर भूकम्पपीडितहरुले अझै घर निर्माणका लागि राहत रकम पाउन सकेका छैनन् । नयाँ संरचना पछिको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा परेको साविक धुर्कोट गाविसका २१ घर भूकम्पपीडितहरुले घर निर्माणको लागि पहिलो किस्ता ५० हजार रुपैयाँ पाएको भए पनि त्यसपछि कुनै रकम पाउन सकेका छैनन् ।
भूकम्पबाट क्षति भएको साढे दुई वर्ष बितिसक्दा पनि उनीहरुले ५० हजार बढी रकम पाउन नसक्दा घर निर्माणमा निक्कै समस्या भएको पीडितहरुले गुनासो गर्ने गरेका छन् । यहाँ २१ घर मध्ये कतिपयले थप रकम नपाए पनि दुःखसुख गरेर आफ्नो बस्ने घर आफै निर्माण गरेका छन् । यहाँ थप १६ घरले तथ्यांक संकलनको क्रममा छुटेको भन्दै वडा कार्यालयमा गुनासो समेत गरेका छन् ।विनयी त्रिवेणी गाउँपालिका–५ का वडा सचिव कृष्णप्रसाद आचार्यले २३ घरधुरी पूर्ण क्षतिमा सिफारिस गरेको हो त्यो मध्ये २१ घरले पहिलो किस्ता ५० हजार पाएको तर इन्जिनियर अभावका कारण इन्जिनियर नहुँदा समस्या भएको बताए । उनले इन्जिनियरको सल्लाहा अनुसार घर बनाउनुपर्नेमा त्यो सल्लाहा पाउन नसकेर अलमलिएकोले भूकम्पपीडितहरुले घर निर्माण अगाडि बढाउन नसकेको र थप रकम पनि पाउन नसकेको बताए ।सरकारले दिने भनेको तीन लाखले पीडितलाई घर बनाउन रकम प्रर्याप्त नहुने भए पनि राहत हुने वडा सचिव कृष्णप्रसाद आचार्यको भनाइ छ । उनले त्यो राहत रकम नपाउँदा र इन्जिनियर नभएका कारण अलमलमा परेका भूकम्पपीडितहरुलाई चाँडो राहत दिन पाए उनीहरुलाई केही राहत हुने बताए ।नवलपरासीको विनयी त्रिवेणीका भूकम्पपीडितहरुले मात्र होइन । नवलपरासी र नवलपुरका अधिकांशले भूकम्पहरुले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।

Comments

About the author

चितवन पोष्ट