गृह » यसवर्षको सोनाम ल्होछारमा जनावादी गायक स्वर्गीय पार्खिनलाई सम्झना गरिने
समाचार समाज

यसवर्षको सोनाम ल्होछारमा जनावादी गायक स्वर्गीय पार्खिनलाई सम्झना गरिने

भरतपुर । भरतपुर नगर तामाङ समाजले सोनाम ल्होछार मनाउने तयारी गरेको छ । यही फागुन ४ गते भरतपुर–११ स्थित छेच्यु थर्पलिङ गुम्बामा ल्होछार मनाउने तयारी गरिएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
सोही दिन शेर्पा समुदायले पनि ल्होछार पर्व मनाउँदैछन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि धुमधामका साथ पर्व मनाउने तयारी भइरहेको समाजका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । यो वर्ष चरा वर्गको बिदाइसँगै कुकुर वर्गलाई स्वागत गरिँदैछ । ‘यही फागुन ३ र ४ गते विविध सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउने तयारी गरेका छौँ,’ अध्यक्ष लामाले भने । ल्होछार पर्व आदिवासी जनजाति समुदायको एउटा मह¤वपूर्ण सांस्कृतिक पर्व हो । कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्नकाले लागि विभिन्न ८ वटा उपसमिति समेत गठन गरिसकेको उनले बताए ।
३ गते बिहानैदेखि गुम्बा परिसरमा सरसफाइ गरिने र ४ गते खुला रक्तदानसहित विविध सांस्कृतिक कार्यक्रम हुने समाजले जनाएको छ । सांस्कृतिक कार्यक्रमका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त गायक प्रेम लोप्चनका साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष लामाले जानकारी दिए । साथै सोही अवसरमा समाजले यसवर्ष जनवादी गायक स्वर्गीय खुशीराम पाख्रिनको स्मृतिमा उनका परिवारलाई सम्मान गर्ने समाजका सचिव इञ्जिनियर सूर्यप्रकाश लामाले बताए । ‘राष्ट्रप्रति उहाँले गर्नुभएको योगदानको कदर गर्दै उहाँका परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने । यसका साथै ९० वर्षभन्दा माथिका तामाङ समुदायका वृद्धवृद्धाहरूलाई पनि सम्मान गरिने उनले बताए । कार्यक्रममा सहभागी हुनका लागि करिब चार हजारभन्दा बढीको उपस्थिति रहने आयोजकले दाबी गरेको छ ।
कमलनगर तामाङ आमा समूह भरतपुर–३ र भरतपुर तामाङ आमा समूह पनि सहआयोजकको रूपमा कार्यक्रममा सहभागी भएका छन् । पुरानो परम्परालाई निरन्तरता दिनको लागि पनि यो पर्व र कार्यक्रम फलदायी हुने आयोजकले विश्वास लिएको छ । समाजका अध्यक्ष लामाका अनुसार चितवन जिल्लामा मात्रै तामाङ जातिको जनसंख्या करिब ६५ हजारभन्दा बढी रहेका छन् । ‘आफ्नो समुदायभित्रका व्यक्तिव्यक्तिबीच भाइचाराको सम्बन्ध कायम गराउनको लागि पनि मह¤वपूर्ण भूमिका खेल्न सक्छ,’ अध्यक्ष लामाले भने, ‘त्यसको लागि पनि भेटघाट र शुभकामना आदानप्रदानको लागि एउटा राम्रो अवसरको रूपमा हामीले लिएका छौँ ।’ त्यसैले पनि कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्यरूपमा सफल बनाइ सहयोग गरिदिनको लागि समाजले जिल्लाभर रहेका तामाङ समुदाय र सम्बन्धित सबैलाई समाजले अनुरोध गरेको छ ।

Comments

About the author

चितवन पोष्ट