गृह » जिल्ला बसोबास व्यवस्थापन समितिमा महतो नियुक्त
समाचार समाज

जिल्ला बसोबास व्यवस्थापन समितिमा महतो नियुक्त

कावासोती । सरकारले जिल्ला बसोबास व्यवस्थापन समिति नवलपुरमा कावासोतीको राजकुमार महतो थारुलाई नियुक्त गरेको छ ।
कावासोतीमा रहेको सिटी अटो पार्कका सञ्चालकसमेत रहेका राजकुमार महतोलाई मन्त्रिपरिषद् बैठकले १० महिना अगाडि नै उक्त पदमा राख्ने निर्णय गरेको भए पनि अहिलेमात्र नियुक्त गरेको हो । यो पदमा राजनीतिक नियुक्ति हुने गर्दछ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत रहने जिल्ला बसोबास व्यवस्थापन समितिलाई यस अघि सुकुमबासी समस्या समाधान आयोग भनेर भन्ने गरिन्थ्यो ।
उनले आफूले अबको १४ महिनाको लागि नियुक्ति पाएकोले नवलपुर क्षेत्रको अव्यवस्थित बसोबास र भूमिहीन तथा सुकुमबासीहरुको समस्या समाधानमा लागिपर्ने बताए ।

Comments

About the author

चितवन पोष्ट