गृह » वार्षिकोत्सवको अवसरमा अर्किडमा विविध कार्यक्रम
समाचार समाज

वार्षिकोत्सवको अवसरमा अर्किडमा विविध कार्यक्रम

भरतपुर । सातौं वार्षिकोत्सवको अवसरमा अर्किड स्कुल भरतपुरले विविध कार्यक्रम गरेको छ । स्कुलले गरेको जिल्लास्तरीय जुनिय क्विज प्रतिस्पर्धा, क्वड च्याम्प र चित्रकला प्रतियोगितामा विभिन्न १८ स्कुलका ९० छात्रछात्राहरुले भाग लिएका थिए ।
जुनियर क्विज प्रतियोगितामा नारायणी पब्लिक स्कुल पहिलो , अर्विट स्कुल दोस्रो र प्रेरणा स्कुल तेस्रो भएका छन् । त्यसैगरी क्वलेबरेटिभ कलेज आर्टमा बालकुमारी स्कुलकी मेरिना जिरेले, शान्ति विद्या मन्दिरकी सीमा आलेमगर, गुरुकुल माविकी अन्जला गुरूङ, कन्टिनेन्टल स्कुल गैंडाकोटका अनुप ढकाल पहिलो भएका छन् ।  त्यसैगरी प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका राज बसेल, कन्टिनेन्टल स्कुलका विमर्श पौडेल, प्रेरणा स्कुलकी अन्जना साई, नारायणी पव्लिक स्कुलको सुदिप पौडेल र आदित्य गुरूङ दोस्रो भएका छन् । त्यसैगरी गैंडाकोट स्कुलका निमिसा सुवेदी, गुरुकुल माविकका बबिता काफ्ले, इडेन गार्डैन स्कुलको कसिस जोशी र बालकुमारी इङ्लिस स्कुलका श्रीयास श्रेष्ठ तेस्रो भएका छन् ।

Comments

About the author

चितवन पोष्ट