गृह » गायिका जलजला परियारलाई सहयोग 
अर्थ समाचार समाज

गायिका जलजला परियारलाई सहयोग 

भरतपुर । दुवै मृगौलाले काम गर्न छोडेर हस्पिटलमा भर्ना भएकी गायिका जलजला परियारलाई ह्याप्पी ग्रुप चितवनले नगद सहयोग गरेको छ ।
ह्याप्पी ग्रुपका एडमिन सुवास लामा र लक्ष्मण ढकालले गु्रपको तर्फबाट एक लाख ६ हजार ५१५ रुपैयाँ गायिका परियारकी आमा र बुबालाई संयुत्तरुपमा सहयोग गरिएको हो । सहयोग रकम बुझ्दै गायिका परियारका बुबाले ह्याप्पी ग्रुपका सबैलाई धन्यवाद दिँदै यो सहयोगले उपचारमा ठूलो साथ दिएको भन्दै यो सहयोग कहिलै नभुल्ने बताए ।
सहयोग कार्यक्रकामा ह्याप्पी ग्रुपका फाउन्डर मेम्वरहरुको उपस्थिति रहेको थियो । ह्याप्पी ग्रुपले विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।

Comments

About the author

चितवन पोष्ट