गृह » पटिहानीमा फेरि अर्काे भलिबल प्रतियोगिता
खेलकुद

पटिहानीमा फेरि अर्काे भलिबल प्रतियोगिता

भरतपुर । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको रौनक सकिदा नसकिँदै पटिहानीमा फेरि अर्को भलिबल प्रतियोगिताको माहोल सुरू हुँदैछ । लामो समयदेखि विभिन्नस्तरको भलिबल गर्दै आएको भरतपुर–२२, पदमपोखरीको पद्मोदय युवा क्लबले यसपालि फेरि पद्मोदय खुला पुरुष नकआउट भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए ।
धनौजीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता सकिएलगत्तै बुधबार यो प्रतियोगिता उद्घाटन गरिनेछ । प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने अध्यक्ष सेढाईंले जानकारी दिए ।प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र सान्त्वना दुई टिमले १०–१० हजार पुरस्कार पाउनेछन् । खेल ३ दिनसम्म पद्मोदय युवा क्लब परिसरको कोर्टमा खेलाइनेछ । पटिहानीमा चार दशकदेखि महाशिवरात्रिको अवसर पारेर विभिन्न स्तरको भलिबल गरिँदै आइएको छ ।

Comments

About the author

चितवन पोष्ट