गृह » चितवन प्रादेशिक राजधानी हुनुपर्छ : सांसद गुरुङ
राजनीति समाचार समाज

चितवन प्रादेशिक राजधानी हुनुपर्छ : सांसद गुरुङ

भरतपुर । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्नेमा राप्रपा प्रजातान्त्रिककी सांसद रीना गुरुङले माग गरेकी छन् ।
आइतबार भएको प्रदेशसभामा बोल्दै गुरुङले देशकै उच्चस्तरको स्वास्थ्य र शैक्षिक संस्था हुनु र पर्यटकीय दृष्टिकोणले पनि अग्रणी जिल्ला भएको चितवनलाई प्रादेशिक राजधानी बनाउनु उपयुक्त हुने उनको तर्क रहेको थियो ।
चितवनलाई प्रदेशिक राजधानी बनाउनु पर्छ भनी सांसद गुरुङले पहिलो आवाज उठाएकी हुन् । उनले कथंकदाचित हेटौँडा नै प्रदेशको राजधानी भएमा चितवनमा केही मन्त्रालय हुनुपर्नेमा जोड दिएकी थिइन् । यस्तै आइतबारको सभामा सांसद गुरुङले हेटौँडा उपमहानगरले सांसदलाई सहुलियतमा दिने भनेको घडेरी सबै सांसदले लिई सुकुमबासीहरुलाई सो स्थानमा भवन बनाई हस्तान्तरण गर्नुपर्ने बताइन् । सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीको उदाहरण दिँदै उनले कुनै दुई व्यक्तिले यस्तो परियोजना बनाई उदाहरण दिन सक्छ भने ११० सांसदले ११० नै सुकुमबासीको उद्धार गर्न नसक्ने कारण नभएको बताइन् ।
प्रदेशसभाले उपसभामुखमा राधिका तामाङलाई निर्वाचित गरेको छ ।

Comments

About the author

चितवन पोष्ट