गृह » जीवन जिउने कला सिकाउन नारायणी किनारमा दार्शनिकहरुको जमघट
समाचार समाज

जीवन जिउने कला सिकाउन नारायणी किनारमा दार्शनिकहरुको जमघट

नारायणगढ । शनिबार नारायणी नदी किनारमा ‘न्यु लिडरशिप प्याराडाइम’ अभियानले दोस्रो श्रृङखला सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा सक्रिय संस्थाहरू फेमली पिस एशोसिएसन नेपाल (एफपीए), एक्सन फर सोसल एन्ड इन्भाइरोमेन्टल डिभलपमेन्ट (एएसईडी) र शैक्षिक क्षेत्रमा सक्रिय प्रोफेसनल ट्रेनिङ सेन्टर (पीटीसी) मिलेर सुरू गरेको अभियानले ‘लभ, लाइफ, लिनिएज, लिट्रेचर एन्ड लिडरशिप’ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ‘लभ, लाइफ, लिनिएज, लिट्रेचर एन्ड लिडरशिप’को विषयमा वातावरण विद् एवम् शिक्षाशास्त्री डा. किशोरकुमार राजभण्डारी, ओशो सन्यासी एवम् मूर्तीकार स्वामी देव लहर, लेखक एवम् पत्रकार अश्विनी कोइराला, युवा नेतृ रञ्जु दर्शना, ॐ शान्ति नेपालका केन्द्रीय प्रशिक्षक ब्रह्मकुमार राजु घले, वैज्ञानिक एवम् कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा होमबहादुर बस्नेत र ज्योतिषाचार्य पण्डित विष्णुराज सिग्देलले कार्यपत्र प्रस्तुत गरेका अभियानका संयोजक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पूर्वमन्त्री गणेश शाह प्रमुख अतिथि रहेकोे कार्यक्रममा अभियानकर्ता सन्जिव भट्टराईले सहजीकरण गरेका थिए ।
डा. राजभण्डारीले युवा अवस्थामा विपरीत लिङ्गीप्रति हुने प्रेमबारे मात्रै नभई प्रकृति र परिवारसँगको प्रेमको मह¤वबारे पनि प्रकाश पारेका थिए । ब्रह्मकुमार राजु भाइजीले परमात्मासँगको प्रेमलाई मह¤व दिँदै भौतिकभन्दा आध्यात्मिक प्रेम महान हुने बताए । ओशो सन्यासी देव लहरले सबैभन्दा पहिले आफूलाई प्रेम गर्नुपर्ने बताए । मान्छेले आफूलाई प्रेम नगरीकन अरू कसैलाई पनि प्रेम गर्न नसक्ने भन्दै उनले सबैभन्दा पहिले आफूलाई प्रेम गर्नुपर्ने तर्क गरे । पत्रकार एवम् लेखक अश्विनी कोइरालाले भने प्रेममा सफल एवम् सुखी रहनका लागि आफू पनि सक्षम बन्नुपर्ने बताए । विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले आफ्ना कवितामार्फत धारणा व्यक्त गर्दै प्रेममा व्यक्तिगत स्वतन्त्रताको वकालत गरिन् । पण्डित विष्णुराज सिग्देलले नेपाली समाजलाई पाश्चात्य संस्कृतिले पारेको प्रभावका बारेमा प्रष्ट पारे । प्रेम दिवसको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा युवाहरूको सहभागिता बढी थियो । सन् २०१८ भर मासिकरूपमा यसरी नै कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट