गृह » मुवाथाईमा १२ खेलाडी सहभागी
खेलकुद

मुवाथाईमा १२ खेलाडी सहभागी

भरतपुर । इन्डो–नेपाल मुवा थाई प्रतियोगितामा नेपाल र भारतका १२ जना खेलाडी सहभागी रहेको नेपाल राष्ट्रिय मुवा थाई संघका अध्यक्ष गणेशलाल कोलाक्षपतिले जानकारी दिए ।
प्रतियोगिता ५० किलो, ५६ किलो, ६० किलो, ७० किलो, ८१ किलो र ९८ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आइतबार भएको उद्घाटन खेलमा ६० किलो तौल समूहमा नेपाली सेनाका गुणराज रुचालले भारतका प्रेन कटनलाई पराजित गर्दै मेडल हात परेका छन् । त्यस्तै, चौथो राष्ट्रिय मुवा थाईअन्तर्गत ३६ जना खेलाडी सहभागी रहेका छन् ।
महिलातर्फ ५५ देखि ६० किलो तौल समूहमा चार जना प्रतिस्पर्धा गर्दैछन् भने पुरुषतर्फ ५५ किलोसम्म, ६० किलोसम्म, ६५ किलोसम्म र ७५ किलोसम्मको तौल समूहमा प्रतिस्पर्धा गराइने अल मार्सल आर्ट एकेडेमी भरतपुरका अध्यक्ष उत्तम गुरूङले बताए ।
त्यस्तै, आइतबार प्रतियोगिता उद्घाटनका क्रममा खेलकुदको विकासमा मह¤वपूर्ण योगदान पु¥याएको भन्दै अल मार्सल आर्ट एकेडेमीले जिल्ला खेलकुद विकास समितिका प्रमुख रामजी ढकाल, एथलेटिक्स प्रशिक्षक कान्ती महतो, भलिबल प्रशिक्षक उमादेवी गुरूङलगायतलाई सम्मान गरेको छ । उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट