गृह » गुञ्जनगरमा क्यान्सर परीक्षण शिविर
स्वास्थ्य

गुञ्जनगरमा क्यान्सर परीक्षण शिविर

गुञ्जनगर । विश्व क्यान्सर दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१८ स्थित गुञ्जनगर माविमा महिलाहरुको एक दिने निःशुल्क पाठेघरको मुख परीक्षण शिविर तथा क्यान्सर विषयक सचेतना कार्यक्रम भएको छ ।
उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था भरतपुर–१८ को आयोजना तथा समाज रुपान्तरणको लागि हाम्रो प्रयाश (वेष्ट नेपाल) को समन्वय तथा नेपाल अर्बुदरोग निवारण संस्था चितवन, सञ्जिवनी फाउण्डेसन नेपाल, मेडिकल कलेज चितवन, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरको उद्घाटन गर्दै चितवन निर्वाचन क्षेत्र नं.३ प्रदेश ‘क’ का सांसद कृष्णप्रसाद भुर्तेलले ग्रामीण भेगका महिलाहरुमा रोग लुकाउने गलत प्रवृत्ति रहेको बताउँदै क्यान्सर विषयक सचेतना कार्यक्रम प्रभावकारी हुने बताए । क्यान्सर जस्तो खतरनाक रोग लाग्न नदिन सबै सजग रहनुपर्नेमा सांसद भुर्तेलले जोड दिएका थिए ।
नेपाल अर्बुदरोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले विश्व क्यान्सर दिवसको अवसर पारेर ग्रामीण भेगमा निःशुल्क पाठेघरको मुख परीक्षण शिविर गर्दै लगेको र क्यान्सर विषयक सचेतना अभियान प्रत्येक विद्यालयमा सञ्चालन गरिएको बताए ।
कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था चितवनका सहसचिव दिवाकर पौडेल, कोषाध्यक्ष ऋतु गिरी, सदस्य निरुता खाँड, , सञ्जिवनी फाउण्डेसन नेपालका अध्यक्ष विवेक केसी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मञ्जु शर्मा, तारा दवाडी, कल्पना न्यौपाने, कार्यक्रम संयोजक ईश्वरीराज निर्दोषी, गुञ्जनगर माविका व्यवस्थापन समिति अध्यक्ष विष्णु ढकाल, वेष्ट नेपालका अध्यक्ष टीएम गुरूङलगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।
शिविरमा ६० जना लावान्भित भएकोमा २५ जनामा नर्मल डेबिस, दुई जनामा भीआईए पोजिटिभ र दुई जनामा क्यान्सरका प्रारम्भिक अवस्थाका लक्षणहरु देखिएको कार्यक्रम संयोजक ईश्वरीराज निर्दोषीले बताए । कार्यक्रम उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिद्धिप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो
त्यसैगरी नेपाल अर्बुदरोग निवारण सस्था चितवन, सञ्जिवनी फाउण्डेसन नेपाल, मेडिकल कलेज चितवन तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरद्वारा संयुक्तरुपमा पश्चिम चितवनका विद्यालयहरुमा क्यान्सर विषयक सचेतनामूलक कार्यक्रम तथा सडकनाटक प्रस्तुत गरिएको थियो । यसअन्तर्गत भीमनगर मावि भरतपुर–२० भीमनगर र शशीनगर मावि भरतपुर–१८ शशीनगरमा कार्यक्रमहरु सञ्चालन भएका थिए ।

 

Comments

About the author

चितवन पोष्ट