गृह » सुजुकीको एक्सचेन्ज क्याम्प
अर्थ समाचार समाज

सुजुकीको एक्सचेन्ज क्याम्प

भरतपुर । सुजुकी मोटरसाइकल तथा स्कुटरको नारायणगढका लागि आधिकारिक बिक्रेता सेभ इन्टरनेसनल प्रालि र गीतानगरका लागि बिक्रेता एवन अटो एण्ड पार्टसले आइतबारबाट एक साथ एक्सचेञ्ज क्याम्प सञ्चालनमा ल्याएका छन् ।
मेगा एक्सचेन्जको अवसर पारेर कम्पनीले कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कुटर साटफेर गर्दा १५ हजार र अतिरिक्त बोनस रकम तुरुन्तै प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीले नारायणगढमो पहिलो पटक एक्सचेञ्ज मेला गर्न लागेको सेभ इन्टरनेशनलका प्रोपाइटर अमृत श्रेष्ठले जानकारी दिए । पहिलो दिनमा नै १४ वटा बिक्री भएको र मेगा मेलामा ग्राहकहरुको निकै उत्साहपूर्बक सहभागिता देखिएको श्रेष्ठले जानकारी दिए । सुजुकीका मोडलहरु जापानिज प्रविधियुक्त भएको हुँदा यसको मजबुतीले प्रयोगकर्तालाई आर्थिकरुपमा समेत बचत हुन जाने र छिटोछिटो साटफेर को झण्झट गर्नुनपर्ने हुनाले प्रयोग गर्न निकै सहज रहेको र ५ वर्ष सम्मको वारेन्टी भएको हुँदा निर्धक्कसँग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट