गृह » आयोजकलाई हराउँदै बीएफसी विजयी
खेलकुद

आयोजकलाई हराउँदै बीएफसी विजयी

भरतपुर । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै भरतपुर फुटबल क्लब (बीएफसी) सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा दुवै तर्फबाट १–१ गोल भएको थियो । एभरेष्टका लागि पहिलो हाफको २८ मिनेटमा बिमल राना र बीएफसीका लागि बिक्रम राई खेलको २२औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको ५३ औं मिनेटमा बीएफसीका बाबु बानियाले डि बक्स एरिया भन्दा केही अघिबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि बीएफसीले २–१ गोल अन्तरले अघि बढेको थियो ।
खेलका ‘म्यान अफ दि म्याच’ बीएफसीका बाबु बानियाँ भए । उनलाई भरतपुर अस्पतालका मेसु डा रुद्र मरासिनी र इन्जिनियर हरि भण्डारीले ट्रफी प्रदान गरे । आज आइतबारबाट सेमिफाइनलका खेलहरु हुनेछन् । फागुन २ गते सम्म चल्ने खेलको विजेताले नगद दुई लाख २२ हजार र उपविजेताले एक लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
आइतबार हुने पहिलो सेमिफÞाइनल जु जुगेडी र रामपुर फुटबल क्लबका बीचमा दिउँसो २ बजे हुने आयोजक क्लबका अध्यक्ष अशोक देवकोटाले बताए ।

Comments

About the author

चितवन पोष्ट