गृह » बोस्टनमा फुटसल सुरु
खेलकुद

बोस्टनमा फुटसल सुरु

भरतपुर । बोस्टन कलेज भरतपुरको आयोजनामा ग्लोबल रिच बोस्टन इन्टर कलेज फुटसल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
शनिबार ११ खेल भएका छन् । खेलको उद्घाटन भरतपुर महानगरकी उपमेयर पार्वती शाहले गरेकी थिइन् ।
गुरुकुल, वीरेन्द्र वी, अक्सफोर्ड वी, नेपाल मावि, शान्ति एकाडेमी, भ्याली स्टेट, वीरेन्द्र ए,सहिद स्मृति, बोस्ट बीबीए, आईएसएमटी ए विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् ।
आज आइतबार सम्पन्न हुने खेलको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचले समेत ५ हजार पाउने आयोजकले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट